पोखरा, ४ पुस। नेपाल परिवार नियोजन संघको ४० औं केन्द्रीय सभा बुधबारदेखि पोखरामा शुरु भएको छ।
संघको पोखरा शाखाको व्यवस्थापनमा आयोजित केन्द्रीय सभामा देशभरका २८ शाखाबाट १ सय १२ प्रतिनिधि र २८ केन्द्रीय समिति सदस्य सहभागी छन्।
संघका केन्द्रीय अध्यक्ष छत्रबहादुर गिरीले सभा उद्घाटन गर्दै संघको लागि आगामी दिनमा चुनौती धेरै रहेको बताए। संघलाई पुनर्संरचनामा लैजान आवश्यक रहेको गिरीले औंल्याए। केन्द्रीय सभामार्फत संघको एकताको सन्देश लैजानुपर्नेमा उनको जोड थियो।
संघकी केन्द्रीय उपाध्यक्ष सुमित्रा भण्डारीले संघलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन्। संघले आफ्ना सेवालाई आमनेपालीको घरदैलोसम्म पुर्याउन नयाँ रणनीति तयार पार्नुपर्नेमा भण्डारीको जोड थियो। संघलाई असल, कुशल र इमान्दार नेतृत्वको खाँचो रहेको उनले औंल्याइन्।
संघका महासचिव रविन कोइरालाले संघको समयसापेक्ष विधान संशोधन र क्रियाशील कार्यसमितिको निर्माण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा संघका पूर्व उपाध्यक्ष समेत रहेका नेपाल यातायात महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, संघका पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल लगायत बोलेका थिए।
कास्की शाखाका सभापति नीरञ्जन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक समितिका संयोजक सुवास प्रधानले स्वागत र कास्कीकी महिला सदस्य नीशा भण्डारीले संचालन गरेकी थिइन्। केन्द्रीय सभाले विधान संशोधन र नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको बताइएको छ। विहीवारसम्म चल्ने सभामा संघका महासचिव कोइरालाले वाषिर्क प्रतिवेदन र सचिव सन्दीप पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९