शिशु स्याहार केन्द्रलाई सहयोग

आदर्श समाज सम्वाददाता
पौष ५, २०७५
ghandurik sahoyog photo

हेमजा, ४ पुस। अन्नपूर्ण गाउँपालिकाको घान्दु्रकस्थित लामा अमृत फाउण्डेसन तथा लक्षिण फाउण्डेसन न्यूयोर्कले बुधवार घान्द्रुकस्थित शिशु स्याहार केन्द्रलाई शैक्षिक सामग्री तथा लत्ताकपडा सहयोग गरेको छन। सो सहयोगबाट ३० जना शिशु लाभान्वित भएका छन्।

लामा अमृत फाउण्डेसनका संस्थापक अमृत गुरुङ लामा र लक्षिण फाउण्डेसन संस्थापक लक्षिण गुरुङले केन्द्र शिक्षक मीना गुरुङलाई सो सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा लक्षिण फाउन्डेसन संस्थापक गुरुङले आफ्नो गाउँ आफैले बनाउनुपर्छ भन्ने उद्दश्यले सहयोग गरेको बताए। लामा अमृत फाउन्डेसन संस्थापक गुरुङले आफूले आधारभूत शिक्षा हासिल गरेको केन्द्रमा सहयोग गर्न पाउदा खुसी लागेको बताए। केन्द्रलाई शैक्षिक सामग्री तथा लत्ताकपडा सहयोग गर्न लक्षिण फाउन्डेसन न्यूयोर्कका संस्थापकले पनि समन्वय गरेकोमा धन्यवाद दिए ।

कार्यक्रमबीच स्थानीय मेश्रमबराह मावि, माईसेवा आधारभूत विद्यालय, शिशु स्याहार केन्द्र, घान्दु्रक स्वास्थ्य चौकी, गुम्बा, घान्दु्रक प्रहरी चौकी, सेफ डि्रङकिङ बाटर, खोलोभ्रो बसपार्क, वन समिति घान्द्रुक तथा अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालयलाई गरी १२ थान डस्टबिन तथा रोधी क्लबलाई थप दुर्इ थान बास्केटबल सहयोग  गरिएको छ।

सो अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय, घान्दु्रक प्रमुख विदुर कुँइकेल, समाजसेवी चकबहादुर गुरुङ, रोधी क्लब अध्यक्ष पूर्णप्रसाद गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए।

केन्द्रका प्रतिनिधि कृष्णकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मीना गुरुङले स्वागत तथा सचिव रामकुमारी परियारले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width