गण्डकी बोर्डिङमा स्पोर्टस् मिट शुरु

आदर्श समाज सम्वाददाता
पौष ५, २०७५
gandaki borading_Fotor

पोखरा, ४ पुस । पोखरा लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कूलमा बुधबारदेखि स्पोर्टस् मिट शुरु भएको छ ।

दुइ दिनसम्म चल्ने प्रतियोगिताको बोर्डिङका प्राचार्य रवीप्रसाद बरालले उद्घाटन गरे । उनले विद्यार्थीको स्वास्थ्य र अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले वर्षेनी यस्ता खेलकुद प्रतियोगिता हुने गरेको बताए । ‘खेलकुद हामी रमाइलोका लागि मात्रै लिन्छौं ।

यसबाट विद्यार्थीले धेरै कुराहरु सिकिरहेका हुन्छन्,’ उनले भने, ‘खेलकुद स्वास्थ्यका लागि पनि हो र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि पनि हो ।’

कार्यक्रममा सहायक प्राचार्यद्वय कृष्णबहादुर थापा र यज्ञराज शर्माले स्पोर्टस् डे को फ्लेम प्रज्वलन गरी विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।

बुधबार सम्पन्न खेलमा ट्रयाक र फिल्ड गरी ७२ इभेन्ट तथा भलिबल प्रतियोगिता भएको थियो । स्वास्थ्य तथा शारीरिक शिक्षा विभागका प्रमुख मोहनप्रसाद गुरुङको संयोजनमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन शकुन्तला गुरुङले गरेकी थिइन् ।

बिहीवार फिल्ड, ट्रयाक र भलिबल गरी ३० खेल सञ्चालन हुने र खेलकुद कार्यक्रमको समापनपछि स्पोर्टस् मिटका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिने गुरुङको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width