पोखरा, ४ पुस । जनकल्याण क्लबको आयोजना तथा फूलबारी क्लबको सहआयोजनामा जारी तेस्रो काहूँ धरहरा महोत्सव हालसम्म २५ हजार दर्शकले अवलोकन गरेका छन् ।
महोत्सवको छैटौं दिन बुधबारसम्म २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको महोत्सव संयोजक दीपकप्रकाश आचार्यले जानकारी दिए ।
गत मंसिर २८ गतेदेखि काहुँ डाँडामा जारी महोत्सवमा कृषि, रेष्टुरेन्ट, लत्ताकपडा, बालउद्यान, सूचना प्रविधिलगायत स्टल राखिएका छन् । महोत्सव पुस ८ गतेसम्म चल्नेछ ।
बुधबार लोकदोहोरीगायक रामजी खाँणले दर्शक नचाए भने साँझ कोरस ब्याण्ड र हखास्य कलाकार सुरज भीरखोइरेले प्रशस्त मनोरञ्जन दिए ।
त्यसैगरी, वरिष्ठ कार्यक्रम संचालक नेत्रपाणि बास्ताला, गायक जीवन दाहाल, सरला पाण्डे, शंकरविरही गुरुङ, पूर्ण परियार, शिवहरि ढुंगाना, मञ्जु बिक, केशव सुवेदी, केशव देवकोटा, दिलु लामाले आफ्नो प्रस्तुति राखेका थिए ।
यसैगरी, रत्यौली गीत प्रतियोगिताअन्तर्गत काहुँ आदर्श आमा समूह, काहूँ लालीगुराँस आमा समूह, खुला नृत्य, भजन चुड्का, दोहोरीगीत प्रतियोगिता भए ।
बिहीबार चर्चित लोकगायक बद्री पंगेनी आउने छन् भने हास्यव्यङ्ग्यतर्फ राजा राजेन्द्रको प्रस्तुति रहनेछ ।
यस्तै, गायक तारापति सुवेदी, जीवन दाहाल, सरला पाण्डे, शंकरविरही गुरुङ, शिवहरि ढुंगाना, शंकर पन्त, सविना गुरुङ र श्रीराम अधिकारीको प्रस्तुति रहनेछ ।
महोत्सवमा रत्यौलीगीत, भजन चुड्का, दोहोरीगीत, खुला नृत्य, कविता प्रतियोगिता जारी रहने सांस्कृतिक कार्यक्रम संयोजक रामकृष्ण बास्तोला गोर्खालीले जानकारी दिए ।
एनएमबि बैंकको मुख्य प्रायोजन रहेको महोत्सव अवसरमा एनएमबिमा खाता खोल्ने सुविधा समेत रहेको बैंकका गण्डकी प्रदेश उपप्रमुख अमृतराज बास्तोलाले बताए ।
महोत्सवस्थल पुग्न पोखरा रानीपौवास्थित दूरसञ्चार कार्यालय अगाडिबाट प्रत्येक आधा घण्टामा बस जाने व्यवस्था मिलाइएको यातायात व्यवस्था समिति संयोजक सु.इन्द्रबहादुर गुरुङले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
ऋषिकेशका २ कृति लोकार्पण
‘हिमालयको उत्पत्ति’ विमोचन
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९