हेमजा, ४ पुस । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले गौरीशंकर आधारभूत विद्यालयमा सहयोग गरेको छ । क्लबले अक्षयकोष स्थापना गर्नुका साथै विद्यालयमा स्टेशनरी तथा न्यानो कपडा वितरण गरेको हो ।
कार्यक्रममा पोखरा २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले सहयोगका लागि उपयुक्त विद्यालय छनोट गरेकोमा क्लबप्रति आभार प्रकट गर्दै लायन्स क्लब पनि रेडक्रस जस्तै सामाजिक संस्था भएको औँल्याए। उनले सहयोगको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा क्लबका रिजन चियरपर्सन माधव पौडेल, पत्रकार श्रीभद्र पौडेल, संस्थापक अध्यक्ष बासुदेव कोइराला, पूर्व अध्यक्ष राजेन्द्र भण्डारी, प्रधानाध्यापक रामबहादुर कार्की, विद्यालयका अध्यक्ष श्यामबहादुर खड्का, कार्यक्रम संयोजक मोहनराज पौडेल, पूर्व अध्यक्ष दयाशंकर गौतम लगायतले पनि भनाइ राखेका थिए ।
सोही कार्यक्रमका बीच क्लबका संस्थापक सदस्य एवम भूतपूर्व कोषाध्यक्ष किशोरकुमार रञ्जितले आफ्नो ४७ औं जन्मदिनको अवसरमा विद्यालयमा ५१ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना पनि गरेका छन् ।
क्लब अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम क्लबका सचिव वसन्तराज कोइरालाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
प्रभावकारी बन्दै ओएसटी कार्यक्रम
hero news full width
मुख्य समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९