गौरीशंकर आधारभूतलाई आदर्श चौतारीको सहयोग

Avatar आदर्श समाज सम्वाददाता
पौष ५, २०७५

हेमजा, ४ पुस । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले गौरीशंकर आधारभूत विद्यालयमा सहयोग गरेको छ । क्लबले अक्षयकोष स्थापना गर्नुका साथै विद्यालयमा स्टेशनरी तथा न्यानो कपडा वितरण गरेको हो ।

कार्यक्रममा पोखरा २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले सहयोगका लागि उपयुक्त विद्यालय छनोट गरेकोमा क्लबप्रति आभार प्रकट गर्दै लायन्स क्लब पनि रेडक्रस जस्तै सामाजिक संस्था भएको औँल्याए। उनले सहयोगको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा क्लबका रिजन चियरपर्सन माधव पौडेल, पत्रकार श्रीभद्र पौडेल, संस्थापक अध्यक्ष बासुदेव कोइराला, पूर्व अध्यक्ष राजेन्द्र भण्डारी, प्रधानाध्यापक रामबहादुर कार्की, विद्यालयका अध्यक्ष श्यामबहादुर खड्का, कार्यक्रम संयोजक मोहनराज पौडेल, पूर्व अध्यक्ष दयाशंकर गौतम लगायतले पनि भनाइ राखेका थिए ।

सोही कार्यक्रमका बीच क्लबका संस्थापक सदस्य एवम भूतपूर्व कोषाध्यक्ष किशोरकुमार रञ्जितले आफ्नो ४७ औं जन्मदिनको अवसरमा विद्यालयमा ५१ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना पनि गरेका छन् ।

क्लब अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम क्लबका सचिव वसन्तराज कोइरालाले संचालन गरेका थिए ।

हाम्रो सुझाव

महानगर होर्डिङ बोर्ड हटाउँदै

गोरखापत्र बाजेको स्मृतिमा एक लाखको अक्षयकोष

महिला उद्यमशीलमा सांसदको भत्ता

स्वर्ण विवाह उत्सवमा आश्रमलाई सहयोग

प्रमुख समाचार

मर्दी हिमाल ट्रेकिङमा गएका जापानीज नागरिकको भीरवाट खसेर मृत्यु

थप प्रमुख समाचार

वडाध्यक्ष पौडेललाई मातृशोक

४६८ भूकम्प पीडितले लिए किस्ता