पोखरा, ४ पुस । तपाईको घरमा विद्युतीय सामान बिग्रियो भने घरमै आई सेवा दिने व्यवस्था आएको छ ।
नेपालमै पहिलो पटक पोखरामा मल्टि होम सर्भिस प्रालिले घरमा प्रयोग हुने कुनै पनि विद्युतीय सामान बिग्रेमा एक कल फोन भरमा घरमै आई तत्काल सेवा दिने व्यवस्था मिलाएको छ । प्रालिका अनुसार त्यसको लागि भने वाषिर्क ग्राहक बन्नुपर्छ ।
प्रालि संचालक किरण सुवेदीले कम्पनीले सस्तो मूल्यमा सेवा कार्ड उपलब्ध गराउने र वर्षभरि निःशुल्क सेवा दिने बताए । उनका अनुसार घरको तला अनुसार ग्राहक शुल्क निर्धारण गरिएको छ । जसअनुसार एक तलाको १ हजार ३ सय ६०, दुर्इ तलाको १ हजार ६ सय ९५ र तीन तलाको २ हजार २ सय ६० रुपैयाँ तिरेपछि कम्पनीले वाषिर्क ग्राहक कार्ड उपलब्ध गराउँछ । ग्राहक कार्ड बनिसकेपछि कम्पनीले सामानमा २० प्रतिशत छुटसहित मर्मत शुल्क भने निःशुल्क दिनेछ ।
बसोबास प्रयोजनको घरबाहेक होटल तथा अन्य संघसंस्थाको प्रयोजनमा भने कम्पनीको प्राविधिकको अवलोकनपछि सोहीअनुरुप सेवा कार्ड उपलब्ध हुनेछ । कम्पनीमा किरण सहित सूर्य आचार्य, वृहस्पति पौडेल र प्रदीप पौडेल संचालक छन् । पोखरा पृथ्वीचोकमा कार्यालय रहेकोमा कम्पनी रजिष्टार कार्यालयमा कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएको छ । पृथ्वीचोक बिजनेस कम्प्लेक्सको दोस्रो तलामा ३ महिनादेखि संचालनमा आएको कम्पनीले यो बाहेक वायरिङ, प्लम्बर सेवा समेत दिने अर्का संचालक सूर्य आचार्यले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९