पोखरा, ३ पुस। नेपालीलाई प्रवेश शुल्क लिएको विरोधमा दुर्इ सातादेखि एक्याप कार्यालय, वीरेठाँटीमा लगाइएको ताला सोमबार खोलिएको छ। संघर्ष समिति र एक्याप प्रतिनिधिबीच सहमतिपछि ताला खोलिएको हो।
सहमति अनुसार अब एक्याप क्षेत्रभित्र प्रवेश गर्ने नेपालीले शुल्क तिर्नुपर्ने छैन। ‘नेपालीसँग पैसा नलिने सहमति भएको छ। काठ चिर्न पनि एक्यापको स्वीकृति नचाहिने गरी समिति गठन गरेर काम गर्ने र स्थानीय योजना तथा कार्यक्रममा बजेट लगानी गर्ने सहमति गरिएको हो,’ संघर्ष समिति अध्यक्ष टेकबहादुर गुरुङले भने, ‘हाम्रो माग सम्बोधन भएपछि ताला खोलिएको हो।’
एक्याप घान्द्रुकका प्रमुख विदुर कुइँकेलले स्थानीयसँग सहमति भएपछि ताला खोलिएको बताए। ‘नेपालीसँग प्रवेश शुल्क नलिन र काठ ओसारपोसार गर्न सहजीकरणको माग गर्नुभएको थियो। राजपत्रमा निस्किएपछि शुल्नै पर्छ,’ उनले भने, ‘तर केन्द्रमा गुनासो लेखि पठाउने र तत्कालका लागि शुल्क नलिने सहमति भएको छ। काठ चिरानका लागि पनि गाउँमा नै पुर्जी बाढ्ने सहमतिपछि ताला खोलियो।’ तर दुर्इपक्षीय सहमति स्थानीयको हितविपरीत भन्दै युवाले निर्णय नमान्ने बताएका छन्। ‘अब हामीलाई एक्याप चाहिँदैन। आफ्नो बारीको घाँस काट्न पनि एक्यापसँग सहमतिपत्र लिन जानुपर्ने ?, स्थानीय भरत गुरुङ भन्छन्, ‘संघर्ष समितिले पहिलेको माग अनुसार सहमति गरेन। अहिले युवा जुटेर फेरि एक्यापको विरोध गर्न थालेका छन्।’
स्थानीय अगुवाले एक्यापको म्याद १ वर्षमात्रै भएकोले केही समय कुर्न आग्रह गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको क्षेत्राधिकारभित्र छिरेवापत नेपाली नागरिकले पनि प्रवेश शुल्क तिर्नुपर्ने नियम सरकारले लगाएपछि साविक लुम्ले, घान्द्रुक र दाङसिङका नागरिकले वीरेठाँटीको चेकपोष्टमा ताला लगाएका हुन्। उनीहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलन गरेका थिए। एक्यापले नेपालीसँग प्रवेश शुल्क शीर्षकमा १ सय रुपैयाँ प्रतिव्यक्ति उठाउँदैआएको थियो। केही ठाउँमा चाहीँ १ सय रुपैयाँ थपेर २ सय रुपैयाँ असुल्दै आएको स्थानीयको गुनासो छ।
Related News
सम्बन्धित समाचार
‘तिमी के थरी हौ ?’
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९