पोखरा, ३ पुस । संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स) द्वारा आयोजित चौथो खेलकुद महोत्सवमा वेलनन् एकेडेमी च्याम्पियन भएको छ । वेलनन्ले लगातार तेस्रो जित हात पार्दै हृयाटि्रक गरेको हो ।
एक सातासम्म चलेको महोत्सवअन्तर्गत वेलनन्ले समग्रमा १४३ अंक बटुल्यो ।
उपविजेता एकता सेकेण्डरीले ११३ अंक प्राप्त गर्दा तेश्रो कालिका इङ्लिस बोर्र्डिङले ९० अंक र सान्त्वना स्माइल स्मल हेभेनले ६८ अंक प्राप्त गरे ।
महोत्सवमा फुटबल छात्रतर्फ वेलनन् एकेडेमी पहिलो, पिनाकल एकेडेमी दोश्रो र कालिका इङ्लिस बोर्र्डिङले तेश्रो भए ।
भलिबल छात्रमा एकता आवासीय, स्माइल स्मल हेभेन, र वेलनन् क्रमशः पहिलो, दोश्रो र तेश्रो भए ।
छात्रा भलिबलमा होली एञ्जल, एकता आवासीय र कालिका क्रमशः पहिलो, दोश्रो र तेश्रो भए ।
त्यस्तै कब्बडी छात्रतर्फ पिनाकल एकेडेमी प्रथम, गेफ सेकेण्डरी द्वितीय र वेलनन् तृतीय तथा छात्रामार्फ जनकल्याण होली एञ्जल र ज्ञानकुञ्ज, क्रमश प्रथम, द्वितीय र तृतीय भए ।
कब्बडी निमाविमा ज्ञानकुञ्ज, कालिका र होलील्याण्डले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदी, यूनिप्स संस्थापक अध्यक्ष धु्रव गिरी, यूनिप्स प्रथम उपाध्यक्ष विश्वराज खनाल लगायतले पुरस्कार वितरण गरे ।
समापन कार्यक्रम यूनिप्स नेपालका केन्द्रिय अध्यक्ष शान्ताबहादुर गुरुङको अध्यक्षतामा भएको हो ।
महोत्सवमा १८ विद्यालयका ३ हजार विद्यार्थीले विभिन्न खेलका ४७ इभेन्ट्समा भाग लिएका थिए ।
Related News
सम्बन्धित समाचार
प्रखेप सदस्यसचिव नियुक्ति प्रकरणमा अदालत भन्छ : योग्य उम्मेदवारको मात्र परीक्षा लिनू
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
पोखरामा वडास्तरमा खेलकुद
प्रदेश सरकारबाट क्रिकेट खेलाडी सम्मानित
वडाध्यक्ष कप व्याडमिन्टन
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९