पोखरा, ३ पुस । युनाइटेड क्लबले पोखरामा आयोजना गर्न लागेको नवौं पोखरा महोत्सव तयारी तीव्र पारिएको छ । महोत्सव पुस २७ देखि माघ ८ गतेसम्म अमरसिंह माविको खेल मैदानमा हुँदैछ ।
क्लबले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सव सम्पन्न गर्न गठित मूलआयोजक समिति र विभिन्न उपसमितिले तयारी तीव्र पारेका हुन् ।
कला, संस्कृति, भेषभुषा संरक्षणमा टेवा पुर्याउने, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको विकास गरी देशलाई समृद्व गराउने, विकसित सूचना प्रविधिबारे जानकारी दिने लगायत उद्देश्यले महोत्सव गर्न लागिएको क्लब अध्यक्ष लालकाजी गुरुङले बताए ।
महोत्सवमा विभिन्न जातजातिका कला संस्कृति प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी, हस्तकला प्रदर्शनी, लोक नृत्य, कृषि, अटो मेला, बाल उद्यान रहने छन् । साथै हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ । महोत्सवकै अवसरमा यसपटक पोखरा वडा ३०, ३१ र ३२ मा निर्माणाधीन चिडियाखाना अवलोकन व्यवस्था मिलाइने छ । महोत्सव करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । मेला सम्पन्न गर्न ८७ लाख ५० हजार खर्च लाग्ने तथा मेलाबाट १ करोड २६ लाख १० हजार आम्दानी हुने अनुमान गरिएको छ ।
महोत्सवमा विभिन्न उत्पादनका २ सय ५० स्टल रहने छन् । सबै स्टल बुकिङ भैसकेको क्लबले जनाएको छ । महोत्सव अवलोकनका लागि साधारणतर्फ ८० र विद्यार्थीका लागि ६० रुपैयाको टिकट व्यवस्था गरिएको छ ।
‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने मूलनाराका साथ अघि बढेको क्बलले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनलाई जोड दिँदैआएको छ ।
महोत्सवबाट बचत रकम क्लबले चिडियाखाना निर्माणका लागि वर्षेनी खर्च गर्दैआएको छ । विपद् व्यवस्थापन, सरसफाइ, पृथ्वीचोक र बुद्वचोक जोड्ने सेती नदी पुलमा सिसी क्यामेरा जडान गर्न पनि क्लबको योगदान छ ।
क्लब अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत र प्रचार संयोजक शान्तकुमार थापाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९