पोखरा महोत्सव तयारी तीव्र

आदर्श समाज सम्वाददाता
पौष ४, २०७५
pokhara mahotsav pressm eet 2

पोखरा, ३ पुस । युनाइटेड क्लबले पोखरामा आयोजना गर्न लागेको नवौं पोखरा महोत्सव तयारी तीव्र पारिएको छ । महोत्सव पुस २७ देखि माघ ८ गतेसम्म अमरसिंह माविको खेल मैदानमा हुँदैछ ।

क्लबले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सव सम्पन्न गर्न गठित मूलआयोजक समिति र विभिन्न उपसमितिले तयारी तीव्र पारेका हुन् ।

कला, संस्कृति, भेषभुषा संरक्षणमा टेवा पुर्‍याउने, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको विकास गरी देशलाई समृद्व गराउने, विकसित सूचना प्रविधिबारे जानकारी दिने लगायत उद्देश्यले महोत्सव गर्न लागिएको क्लब अध्यक्ष लालकाजी गुरुङले बताए ।

महोत्सवमा विभिन्न जातजातिका कला संस्कृति प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी, हस्तकला प्रदर्शनी, लोक नृत्य, कृषि, अटो मेला, बाल उद्यान रहने छन् । साथै हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ । महोत्सवकै अवसरमा यसपटक पोखरा वडा ३०, ३१ र ३२ मा निर्माणाधीन चिडियाखाना अवलोकन व्यवस्था मिलाइने छ । महोत्सव करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । मेला सम्पन्न गर्न ८७ लाख ५० हजार खर्च लाग्ने तथा मेलाबाट १ करोड २६ लाख १० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

महोत्सवमा विभिन्न उत्पादनका २ सय ५० स्टल रहने छन् । सबै स्टल बुकिङ भैसकेको क्लबले जनाएको छ । महोत्सव अवलोकनका लागि साधारणतर्फ ८० र विद्यार्थीका लागि ६० रुपैयाको टिकट व्यवस्था गरिएको छ ।

‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने मूलनाराका साथ अघि बढेको क्बलले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनलाई जोड दिँदैआएको छ ।

महोत्सवबाट बचत रकम क्लबले चिडियाखाना निर्माणका लागि वर्षेनी खर्च गर्दैआएको छ । विपद् व्यवस्थापन, सरसफाइ, पृथ्वीचोक र बुद्वचोक जोड्ने सेती नदी पुलमा सिसी क्यामेरा जडान गर्न पनि क्लबको योगदान छ ।

क्लब अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत र प्रचार संयोजक शान्तकुमार थापाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width