आफ्नै भवनबाट आमा मिलनको कारोबार

आदर्श समाज सम्वाददाता
पौष ४, २०७५

पोखरा, ३ पुस । आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि.ले पोखरा नागढुंगाको आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । संस्था स्थापनाको सातौं वर्षगाँठ अवसरमा सहकारीले आफ्नै भवन बनाएको हो ।

उक्त अवसरमा नयाँ भवनबाट पहिलो पटक सेवा लिने सेवाग्राहीलाई सहकारीले सम्मान गर्‍यो । पहिलो सेवाग्राही मीरा तुलाचन, संस्थाकी उपाध्यक्ष निर्मला घिमिरे र खेमबहादुर थापालाई सम्मान गरिएको हो ।

संस्थाकी संस्थापक अध्यक्ष इन्दिरा पौडेलले पहिलो सेवाग्राही तुलाचनलाई पहिलो चेक सटहीकर्ता, घिमिरेलाई पहिलो बचतकर्ता र थापालाई पहिलो भुक्तानीकर्ताका रुपमा सम्मान गरेकी हुन् ।संस्थाका प्रबन्धक निर्देशक ध्रुवराज पौडेलका अनुसार संस्थागत विकास, सदस्यको विश्वासिलो र अग्रणी वित्तीय सहकारी संस्थाको रुपमा परिचित गराउने परिकल्पनाअनुसार सहकारी संचालनमा आएको हो ।

‘महिला तथा विपन्नको सेवा हो हाम्रो शान, समतामूलक समाज हाम्रो अभियान’ भन्ने मूल नारासहित सहकारी संचालनमा आएको हो । सदस्यलाई नै परिचालन गरी उनीहरुको आर्थिक विकास तथा आत्मनिर्भर बनाउने, उद्योग, कल कारखाना, खुद्रा व्यापार, कृषि व्यवसायलाई टेवा पुर्‍याई गरिबीमुक्त व्यावसायिक एवं समृद्ध सदस्य बनाउने सहकारीको लक्ष्य छ ।

सहकारीमा हाल १ हजार १ सय ८२ जना सेयर सदस्य छन् । तीमध्ये महिला ५ सय ४४ छन् ।

‘अरु सहकारीहरु संस्थाभन्दा हाम्रो सहकारी भिन्न छ,’ प्रन्ध निर्देशक पौडेलले भने, ‘सदस्यहरु पनि तुलनात्मक रुपमा धेरै हुनुहुन्छ । सदस्यहरुकै देनले हामीहरु यहाँसम्म आइपुग्यौं ।’सहकारीको बचत १४ करोड २१ लाख रुपैयाँ रहेको पौडेलले जानकारी दिए । जसमध्ये सेयर पुँजी ६ करोड ६० लाख र लगानी १८ करोड १९ लाख रुपैयाँ छ ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष गोविन्द तुलाचन, संचालक नरबहादुर गुरुङ, टीकाराम पौडेल लगायतको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • शीतल सहकारीको १४ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । शीतल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार भएको छ । पोखरा महानगर सहकारी…
  • एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा ।  एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनबिार भएको छ । कार्यक्रम उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकास…
  • हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा ८ स्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सभाको गोला…
  • संगम सहकारीको १६ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको…
  • पोखरा फाइनान्सका अध्यक्ष गुरूङको सपथ ग्रहण

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।…

hero news full width