पोखरा, ३ पुस । पोखरा-१, सिम्पानीस्थित केफ माविले विविध कार्यक्रमसहित आफ्नो रजतजयन्ती मनाउने भएको छ ।
विद्यालयले पुस ६ देखि २३ गतेसम्म विविध कार्यक्रम गरी रजतजयन्ती मनाउने मंगलबार आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
सो अवसरमा कवितावाचन प्रतियोगिता, सरसफाइ कार्यक्रम, प्रभातफेरी, रक्तदान, नृत्य तथा गायन आइडल, अभिभावक दिवस र विविध सांस्कृतिक कार्यक्रम गरिने प्रिन्सिपल डिल्लीराम अधिकारीले बताए ।
उनका अनुसार पुस ६ मा जिल्लास्तरीय कवितावाचन प्रतियोगिता हुनेछ । पुस १७ मा विद्यालय वरपरको क्षेत्र सरसफाइ गरिनेछ । त्यस्तै, पुस १८ मा प्रभातफेरी निकालिने प्रिन्सिपल अधिकारीले बताए । १९ गते विद्यालय परिसरमा रक्तदान कार्यक्रम हुनेछ भने भोलिपल्ट नृत्य तथा गायन आइडल गरिनेछ । त्यस्तै, पुस २२ मा अभिभावक दिवस अवसरमा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीद्वारा विविध कार्यक्रम प्रस्तुत गरिने अधिकारीले बताए । यसैगरी, पुस २३ मा विद्यालय परिसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै पुरस्कार वितरण गरिने छ ।
समारोहमा एसएलसी/एसर्इइ र कक्षा १२ उत्तीर्ण गरेका पूर्व विद्यार्थीले शैक्षिक एवं व्यावसायिक क्षेत्रमा हासिल गरेका सफलतासहितको अवस्थाबारे ‘ट्रेस स्टडी रिपोर्ट’ जारी गरिनेछ भने रजतजयन्ती स्मारिका विमोचन गरिनेछ ।रजतजयन्ती अवसरमा विद्यालयले यसअघि कास्की जिल्लास्तरीय बृहत् जुनियर रेडक्रस संरक्षक गोष्ठी र भूतपूर्व विद्यार्थीको प्रथम अधिवेशन गरिसकेको विद्यालय निर्देशक लोकराज भण्डारीले जनाए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा दश जोड दुर्इ संयोजक नवीन प्यासी अधिकारीले स्वागत, निर्देशक लोकराज भण्डारीले धन्यवाद ज्ञापन र सह-प्राचार्य भानुभक्त पोख्रेलले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९