प्राथमिक उपचार प्रशिक्षण

आदर्श समाज सम्वाददाता
पौष ४, २०७५
hemja redcross photo

हेमजा, ३ पुस। नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा हेमजा युवा रेडक्रस सर्कलको व्यवस्थापनमा युवाका लागि प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।दुर्इ दिनसम्म चलेको तालिम समापनमा रेडक्रस कास्कीका उपसभापति डण्डराज शर्माले प्रशिक्षणबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न सुझाव दिए। सो अवसरमा जिल्ला उपकोषाध्यक्ष कृष्णप्रसाद पौडेल, जुनियर सर्कल संयोजक विष्णु भण्डारी, प्रशिक्षक मित्रलाल सुवेदी र सुनिल गायकले पनि बोलेका थिए। कार्यक्रम गौरीशंकर बहुमुखी क्याम्पसमा भएको हो। हेमजा युवा रेडक्रस सर्कल अध्यक्ष वसन्त सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम युवा सर्कलकी सचिव ममता आचार्यले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width