निजामती कर्मचारी युनियन (संघ) को ज्ञापनपत्र

आदर्श समाज सम्वाददाता
पौष ३, २०७५
Nijamati karmachari_n

पोखरा, २ पुस। नेपाल निजामती कर्मचारी युनियन (संघ), कास्कीले कर्मचारी समायोजन अध्यादेशका विभिन्न १२ बुँदाप्रति असन्तुष्टि जनाउँदै देशभरबाट सरकारलाई ज्ञापनपत्र पठाएको छ ।

युनियनले ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रदेशका प्रमुख सचिव मार्फत ज्ञापनपत्र पठाएको हो ।

कास्कीमा युनियन आवद्व ६० जनाभन्दा बढी कर्मचारीको समूहले ज्ञापनपत्र बुझाएको सचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल निजामती कर्मचारी युनियन (संघ), गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारीले गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल र कास्कीका अध्यक्ष डार्विन लम्सालले कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी शिशिर पौडेललाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा तीनै तहको ऐन जारी नगरी कर्मचारी समायोजन गर्ने व्यवस्था, पुल दरबन्दीमा कायम रहेका कर्मचारीलाई मापदण्ड नबनाई बिनाआधार प्रदेश र स्थानीय तहमा खटाउने व्यवस्था, प्रदेशको प्रमुख सचिव  र प्रदेश मन्त्रायलको सचिव पदमा सम्भव भएसम्म ज्येष्ठता र कार्यक्षमताको आधार खटाउने भन्ने स्वविवेकीय व्यवस्था लगायत बुँदामा असन्तुष्टि जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width