पोखरा, २ पुस । मगर भाषाका कवि केबी (केशर) नाम्जाली भुरुङ मगरको ५२ औं जन्मजयन्ती पोखरामा विशेष कार्यक्रम गरी मनाइएको छ।
मगर भाषा प्रतिष्ठान, कास्की शाखाले सोमबार आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर भाषाको साहित्यिक विकासमा कवि केबी नाम्जालीको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे । अल्पायुमै कवि केबीलाई गुमाउनु मगर साहित्य जगतकै लागि दुर्भाग्य बनेको उल्लेख गर्दै अध्यक्ष रानामगरले कवि केबीको सम्मानका लागि नेपाल मगर संघ पनि आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए।
कवि केबीका नाममा स्थापित अक्षयकोषको रकम वृद्धिका लागि नेपाल मगर संघ सहयोग गर्न तयार रहेको बताउँदै रानामगरले हरेक वर्ष आयोजना हुने जन्मजयन्ती कार्यक्रममा सम्मान कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।
‘कवि केबी (केशर) नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोष’का संरक्षक एवं चित्रेभञ्ज्याङ-पोखरा सर्म्पर्क मञ्चका अध्यक्ष क्या. नरेश थापामगरले कवि केबी नाताले आफ्नो भाञ्जा रहेको जानकारी दिँदै परिवारतर्फबाट अक्षयकोषको रकम वृद्धिका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ, कास्कीका अध्यक्ष पूर्व प्रहरी नायव निरीक्षक चन्द्रप्रकाश थापामगर, नेपाल मगर महिला संघ, कास्कीकी सचिव इश्वरी थापामगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम रोकामगर, मेजर थमन थापामगर लगायतले कवि केबीले मगर जातिका लागि मात्र नभइ समग्र नेपाली वाङ्मयको विकासका लागि महत्त्वपूर्ण योगदान दिएको भन्दै उनको योगदानको राज्यले समेत कदर गर्नुपर्ने धारणा राखेका थिए। मगर भाषा प्रतिष्ठान, कास्कीका कावा अध्यक्ष यामबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र सदस्य कुमार थापामगरले स्वागत गरेका थिए।
Related News
सम्बन्धित समाचार
तारकाङ पोखरा समाजको सभा
पोखरामा मनाइयो मानवअधिकार दिवस
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
लायन्स हेरिटेजको न्यानो कपडा
वडा नम्बर १२ को चोकचोकमा डस्टबिन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०