पोखरा १ पुस । पोखरा महानगरपालिकाले वडा तहमै विवाद समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना सुरु गरेको छ । वडाभित्र हुने विवादलाई वडा तहबाटै समाधान गर्नेगरी महानगरको न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापना गरेको हो ।
पोखरा महानगर न्यायिक समितिले आइतबार वडा नम्वर ७ बाट मेलमिलाप केन्द्र स्थापना सुरुआत गरेको हो । पोखरा महानगरका कार्यबाहक प्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्रको उद्घाटन गरिन् ।
उनले वडा तहमा हुने विवादलाई वडा तहबाटै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् । ‘वडाभित्रका विवाद मिलाउने जिम्मा अव वडाभित्र रहेका मेलमिलापकर्ताको जिम्मा लगाएका छौ,’ उनले भनिन्, ‘विवाद समाधानमा सहज हुने छ।’
उनले स्थानीय तहमा हुने विवादलाई स्थानीय तहमै समाधान गर्ने उद्देश्यले न्यायिक समिति गठन भएको बताइन् ।
कार्यक्रममा महानगर न्यायिक समितिका उजुरी प्रशासक नारायण शर्मा र अभिलेख संरक्षक राममणि अधिकारीले न्यायिक समितिको कार्यक्षेत्र, न्यायिक समितिले निरुपण गर्ने विवाद, मेलमिलापकर्ता छनोटका आधारलगायत न्यायिक समितिसँग सम्वन्धित विषयमा जानकारी गराए ।
मेलमिलापकर्ता समाज कास्कीका अध्यक्ष सोम श्रेष्ठले मेलमिलापमार्फत विवाद समाधान हुँदा मन माझिने बताए । उनले मुद्धा मार्मिलाबाट कटुता हुने भएकाले मेलमिलापबाट दुवैले जित्ने बताए । कार्यक्रममा न्यायिक समिति सदस्य किशोर बरालले कार्यक्रमबारे जानकारी गराउँदै पोखराका ३३ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिने बताए । कार्यक्रम वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको थियो भने संचालन महानगर कानुन महाशाखाका सोम लम्सालले गरेका थिए ।
पोखरा महानगरको न्यायिक समितिले पछिल्लो समय गति लिएको छ । ८८ जना मेलमिलाकर्ता छनोट गरेको छ । वडामा मेलमिलाप केन्द्र स्थापना गर्न तीन जना मेलमिलापकर्ता हुनैपर्ने व्यवस्था छ । वडा नम्वर ७ मा कल्पनाकुमारी भण्डारी, केशवराज बराल, लिलाबल्लभ न्यौपाने मेलमिलापकर्तामा सुचीकृत भएका छन्।
उनीहरुलाई कार्यक्रममा मेलमिलापकर्ताको परिचयपत्र, डायरी र कलम न्यायिक समितिका तर्फबाट संयोजक मञ्जुदेवी गुरुङले हस्तान्तरण गरिन्। महानगरले न्यायको पहुँच घर घरमा पुर्याउने उद्देश्यले न्यायिक समिति गठन गरि मेलमिलापकर्ता छनोट गदै मेलमिलापमार्फत् विवाद समधान गरिरहेको छ । मेलमिलापकर्तालाई सूचीकृत भएको पत्र हातमा थमाएलगत्तै विवाद समाधानका लागि अगाडि बढेको समितिले महानगरमा पनि मेलमिलापकर्तामार्फत विवाद समाधान, इजालसबाटै छलफल, सुनुवाई र आदेश सुरु गरेको महानगरले अव वडाबाटै विवाद समाधानका लागि मेलमिलापक केन्द्र स्थापनाको काम अगाडि बढाएको हो । यसैवीच, उपप्रमुखसँग महिला कार्यक्रमबारे वडा नम्वर ७ का महिलाहरुसँग आइतवार छलफल भएको छ। महिलाका लागि उपप्रमुखसँग महिला कार्यक्रमले ल्याएको कार्यक्रम र योजनाबारे छलफल भएको थियो ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९