जवरजस्ती करणी गर्न खोज्ने दुर्इ पक्राउ

Avatar आदर्श समाज सम्वाददाता
पौष २, २०७५

लमजुङ, १ पुस । लमजुङ १३ बर्षकी किशोरीलाई जवरजस्ती करणी गर्न खोज्ने २ युवा पक्राउ  परेका छन् । लमजुङ दोर्दी गाउँपालिका-३ सो घट्ना भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउपालिका- ६ बस्ने वर्ष १९ को विशाल तामाङ र वर्ष १९ का राजकुमार तामाङ भएको जिल्ला प्रहरी कर्यालय लमजुङले जनाएको छ । ती किशोरीलाई विशालले जवर्जस्ती करणी गरेको र राजकुमार तामाङले जवर्जस्ती करणी गर्न खोज्दा किशोरीले कराई हल्ला गरेपछि उनीहरू भागेका प्रहरी भनाई छ ।

उनीहरूलाई फरार रही लुकीछिपी रहेको अवस्थामा आइतबार पक्राउ गरिएको हो । सो घटना शनिबार साँझको समयमा घरदेखि पैदल १० मिनेटको दुरीमा रहेको दोर्दी गाउँपालिका- ३ मालागिरी स्थित किसिदी खोलामा शनिबार लुगा धुन गएको समयमा भएको पीडित परिवारको भनाई रहेको प्रहरीले पुष्टि गरेको छ ।

उनीहरुको खोजतलास सोही वडामा लुकिछिपि हिडेको अबस्थामा फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए ।

उनका अनुसार ती दुवै तामाङलाई जबरजस्ती करणी सम्बन्धी कसुर मुद्धा चलाउन सम्मानित जिल्ला अदालतबाट थुनामा राखी अनुसन्धान कार्य गर्न पहिलो पटक १० दिनको म्याद थप भई आएकोमा थप अनुसन्धान कार्य जारी रहेको छ ।

हाम्रो सुझाव

हिउँ पन्छाउन नेताहरू बीच होड

२३ जना किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड

अवैध रुपमा वस्ने विदेशीप्रति निगरानी वढाइने

प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

थप प्रमुख समाचार