पोखरा, १ पुस । कास्की बचत तथा ऋण सहकारी संघको १८ औ वाषिर्क साधारणसभा सम्पन्न भएको छ। प्रमुख अतिथि राष्ट्रीय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले साधारणसभाको उद्घाटन गर्दै सहकारी ऐन २०७४ लाई समयसापेक्ष परिमार्जन गरिने बताए। उप्रेतीले सहकारी संचालनमा आइपर्ने वाधा ब्यबधानहरुलाई हटाउने तयारी भइरहेको बताए।
सहकारी ऐन २०७४ ले गरेका मुख्य ब्यबस्थाको जानकारी गराउँदै सुधारात्मक पक्षहरुको टिप्पणी गरे। सोही क्रममा उपे्रतीले सहकारी ऐनमा उल्लेख गरिएको आयकरसम्बन्धी ब्यस्थालाई आत्मसाथ गर्न संपूर्ण सहकारीहरुलाई अनुरोधसमेत गरे।
कार्यक्रममा सहकारीको क्षेत्रमा अनुभव बटुल्दै आएका बिभिन्न ब्यक्ति तथा सहकारी संस्थालाई सम्मान गरिएको थियो । सम्मानीत हुनेहरुमा बखान सहकारी अवार्ड २०७५ बाट फेबा बहुउदेश्य सहकारी सिर्जनाचोक पोखरा, राइफाइसन उत्कृष्ट सहकारी ब्यबस्थापक अवार्ड २०७५ बाट पोखरा रोयल सहाकारी संस्थाका ब्यबस्थापक मिलन ढकाल, एसिया प्यासफिकका कृषि सहकारीहरुको सञ्जालको उपाध्यक्ष पदमा निर्वाचित भएकोमा केबी उप्रेती, पोखरा महानगरपालिकाको सहकारी ब्यबस्थापन समितिको सदस्य पदमा मनोनीत भएकोमा भिम गुरुङ, जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा निर्वाचित भएकोमा रबिरमण तिवारीलाई संघले सम्मान गरेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष सुदिप ढकालले अध्यक्षको प्रतिवेदन, सचिब दिपकप्रकाश आचार्यले सचिवको प्रतिवेदन, कोषाध्यक्ष नारायणप्रसाद अचार्यले कोषाध्यक्षको प्रतिवेदन र लेखा समितिका संयोजक रुद्रनाथ पौडेलले प्रस्तुत गरेको संघको लेखा समितिको प्रतिबेदनमाथि संस्थाका सदस्यहरुबाट सर्बसम्मत रुपमा पारित भएको संघका सचिव दिपकप्रकाश आचार्यले जानकारि दिए। संघका अध्यक्ष सुदिप ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष भेषराज बराल स्वागत र सचिब दिपकप्रकाश आचार्यले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१