पोखरा, १ पुस ।निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (युनिप्स)को चौथो खेलकुद महोत्सब आइतबार पोखरा रंगशालामा शुरु भएको छ ।
तीन दिनसम्म चल्ने उक्त खेलकुद महोत्सबको उद्घाटन गर्दै कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षत्रीले खेलकुद र शिक्षा एक अर्काका परिपुरक भएको बताए । क्षत्रीले अनुशासनबिनाको खेलकुदको कल्पनासमेत गर्न नसकिने बताउँदै भने, ‘खेल क्षेत्रमा प्रतिस्पर्धा भएपनि खेलकुदमा सहभागिता मात्रै पनि महत्वपूर्ण हुन्छ ।’
युनिप्सले शिक्षासँगै खेलकुद कार्यक्रम आयोजना गरेर विद्यार्थीहरुभित्र लुकेको प्रतिभा उजागर गर्न योगदान दिएको भन्दै प्रमुख क्षत्रीले प्रशंसा गरे । उनले मुलुकको बर्तमानको फरक संरचनाले शिक्षा क्षेत्रमा केही समस्या देखिएको भएपनि त्यसलाई समाधान गर्न शिक्षामा कार्यरत सबै संघसंस्थाहरुले सहयोग गर्नुपर्ने औंल्याए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुबेदीले खेलकुद जिवनको अभिन्न अंग भएको बताउँदै अध्ययनसँगै विद्यार्थीहरुमा लुकेको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने धारणा राखे ।
युनिप्सका संस्थापक अध्यक्ष एवं खेलकुद महोत्सबका संयोजक धु्रब गिरीको अध्यक्षतामा भएको कार्यक्रममा युनिप्सका अध्यक्ष शान्ताबहादुर गुरुङ, खेलकुद महोत्सब उपसमितिका संयोजक बिनोदकुमार नेपाली, प्रथम उपाध्यक्ष विश्वराज खनाललगायतले आफ्ना धारणा राखेका थिए ।
यसैबीच उद्घाटन कार्यक्रममा सम्पन्न मार्च पासमा वेललन एकेडेमी प्रथम भएको छ । १८ विद्यालय सहभागी मार्च पासमा सत्य साई द्वितिय, स्माइल स्मल हेभेन तृतीय र एकता सेकेण्डरीले चौथो स्थान हासिल गरेको छ । बिजेता विद्यालयलाई प्रमुख अतिथि क्षत्रीले ट्रफी वितरण गरे ।
यसैगरि, ८ सय मिटर माबि छात्रातर्फ सम्पन्न खेलमा कालिका माबीकी स्वस्तिका क्षत्री बिजयी बनेकी छन । सोही खेलमा स्माइल स्मल हेभेनकी अनुजा पौडेल द्वितिय र वेललनकी रोजिना केसी तृतीय भइन् ।
माबि छात्रतर्फ खुल्ला १५ सय मिटरमा कालिकाका शुसान भुजेल प्रथम, वेलननका शिव बिक द्वितिय र एकताका डेभिड कार्की तृतीय भए । यसैगरि, निमाबि ८ सय मिटर छात्रतर्फको खेलमा होली एञ्जलका सञ्जय परियार प्रथम, वेलननका सौगात नेपाली द्वितिय, स्माइल स्मल हेभेनका सुजन बिक तृतीय स्थान प्राप्त गरेको प्रचार प्रसार संयोजक सन्तोष तिवारीले जानकारी दिएका छन । एजेन्सी
Related News
सम्बन्धित समाचार
पोखराका सुजनले जिते स्वर्ण
माछापुच्छ्रे रनिङ सिल्ड च्याम्पियन
कास्की र लमजुङ फाइनलमा
अरुणा र प्रदीप वर्ष खेलाडी
पोखरा स्पोर्टस् अवार्ड आज
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९