एकताबद्ध भएर अघि बढ्ने उद्घोष

काँग्रेस महासमिति बैठक

आदर्श समाज सम्वाददाता
पौष १, २०७५
congress

g]sf dxf;ldlt a}7sdf ;xefuLx? zlgaf/ sf7df8f}Fsf] ouDa/ kf6L{ Kofn];df cfof]lht g]sf dxf;ldltsf] a}7sdf ;xefuL x’Fb} g]kfnL sfFu]|;sf ;efklt Pj+ k”j{k|wfgdGqL z]/axfb’/ b]pjfnufot g]tfx? . t:jL/ M rGb|snf If]qL, sf7df8f}F,/f;;

काठमाडौँ, २९ मंसिर । नेपाली काँग्रेसका शीर्ष नेताहरूले अब पार्टीएक भएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । निकै महत्व साथ हेरिएको पार्टीको राजधानीमा शुरु महासमिति बैठक उद्घाटन समारोहमा बोल्ने नेताहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले हात समाएर एकताको सन्देश प्रस्तुत गरे ।

दुर्इ नेताबीच दूरी बढेको सार्वजनिक टिप्पणी भइरहेका बेला बैठक उद्घाटन समारोहमा उपसभापति विजयकुमार गच्छदारले हात समाएर एकताको सन्देश दिन आहृवान गरेका थिए । गच्छदारले भाषण गर्ने बेलामा दुवै नेतालाई एक हुन सार्वजनिकरुपमा अनुरोध गरेपछि उपस्थित कार्यकर्ताले गडगडाहट तालीले स्वागत गरेका थिए ।

संघीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको महासमिति बैठकको भव्य समारोह पार्टीसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गरेका थिए।

सम्बोधन गर्दै सभापति देउवाले आफू सबै नेतालाई मिलाएर अघि बढ्न तयार रहेको बताए । महासमिति बैठकबाट एकताको सन्देश लिएर जिल्ला र्फकन उनले महासमिति सदस्यलाई आहृवान गरे ।

वरिष्ठ नेता पौडेलले भाषण र भावनामा भन्दा पनि आत्मादेखि नीतिगतरुपमै पार्टीएकजुट हुनुपर्नेमा जोड दिनुभयो । बोलाइमा एकता व्यवहारमा अनेकता नगर्न उनले नेतृत्वलाई सचेत गराए ।

उपसभापतिद्वय गच्छदार र विमलेन्द्र निधिले विसं २०५५ मा नेताद्वय कृष्णप्रसाद भट्टराई एवं गिरिजाप्रसाद कोइरालाले एकताबद्ध भई जनतामाँझ जाँदा विसं २०५६ को निर्वाचनमा पार्टीको पक्षमा जनमत आएकोतर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।

महामन्त्री डा शशांक कोइरालाले पनि दुवै नेतालाई पार्टीएकताबद्ध बनाउन सम्पूर्ण तागत लगाउन माग गरे । एकतामा पार्टीको हितभन्दा व्यक्तिको स्वार्थ महत्वपूर्ण हुनु नहुने उनको भनाइ थियो ।

अर्का महामन्त्री पूर्णबहादुर खड्काले शनिबार रातिसम्म विधानको मस्यौदामा केन्द्रीय समिति बैठकमा सहमति गरी आइतबारको बैठकमा पेश गर्ने प्रतिबद्धता जनाए ।

कोषाध्यक्ष सीतादेवी यादवले पार्टीपदाधिकारीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था विधानमा गर्न माग गरिन् ।

सहमहामन्त्री डा प्रकाशशरण महतले अर्को निर्वाचनको कार्ययोजनासहित पार्टीअघि बढ्ने बताए ।

पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले पार्टीका महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेता गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङ, तारानाथ रानाभाट, डा रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता विश्वप्रकाश शर्मा, काठमाडौँ सभापति कृष्ण सबुज बानियाँलगायतले पार्टीकाई एकताबद्ध बनाउन सबै नेताको ध्यान जानुपर्नेमा जोड दिए ।

बैठकमा नेपालको सनातन धर्ममाथि भइरहेको आक्रमणप्रति नेताहरूले आपत्ति जनाएका थिए । केही नेताले भने महासमिति बैठकस्थलमै हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान चलाएका छन् ।

बैठकको बन्दसत्र आइतबारदेखि शुरु हुनेछ । बन्दसत्रमा विधान मस्यौदालगायत चार वटा प्रस्ताव पेश हुने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  •   तनहुँ १ मा रास्वपाबाट डा. स्वर्णिम पक्का

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०७९
    काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्णिम वाग्ले र…
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०७९
    पोखरा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आइतवार बिहान १० बजे बस्ने भएको छ। सरकारमा सहभागी हुनका लागि…
  • कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८…
  • नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका…
  • दिउँसो ३ बजेका लागि शपथको तयारी   

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न लाग्नुभएका प्रधानमन्त्री दाहाल…

hero news full width