महायज्ञमा डेढ करोड संकलन

आदर्श समाज सम्वाददाता
पौष १, २०७५
khagaraj_Fotor

लेखनाथ, २९ मंसिर। बेगनासतालमा आयोजित श्रीमद्भागवत् विराट ज्ञानमहायज्ञ १ करोड ५० लाख रुपैयाँ बराबरको दान संकलन गर्दै शनिबार सम्पन्न भएको छ ।

गत मंसिर २२ देखि शुरु महायज्ञमा जग्गा र नगद गरी उक्त रकम संकलन भएको मूल आयोजक समिति कोषाध्यक्ष गंगाराम सुवेदीले जानकारी दिए।

कास्कीका तालमध्ये दोस्रो ठूलो ताल बेगनास र यस आसपासका क्षेत्रमा विकासका पूर्वाधार निर्माण गरी उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आर्थिक संकलनार्थ आयोजित महायज्ञमा सोचेअनुरुप रकम संकलन भएको आयोजकले जनाएको छ । महायज्ञमा श्रदालु भक्तजन तथा धर्मनुरागीको साताभरि नै उल्लेखीय सहभागिता रहेको थियो।

महायज्ञमा शनिबार सर्वाधिक पोखरा ३०, शिशुवा निवासी दानवीर दयाराम तिवारी परिवारबाट तीन लाख २५ हजार पाँच सय ५५ दान गरिएको छ ।

त्यस्तैगरी, पोखरा ३१ निवासी विष्णुमाया कडेल, खगराज कंडेल, यमनाथ कंडेल र महादेव कंडेलबाट एक रोपनी जग्गा दान गर्ने प्रतिबद्धता व्यक्त भएको महायज्ञ मूल समारोह समति उपाध्यक्ष ढकनाथ कडेलले जानकारी दिएका छन्।महायज्ञ समापन समारोहमा पूर्व स्वास्थ्य मन्त्री एवम् सांसद खगराज अधिकारीले आफ्नो कर्त्तव्य पूरा गर्नु नै वास्तविक धर्म भएको बताए । उनले असल कामबाट नै धर्म प्राप्त गरिने बताए। शरीर र मनलाई एक ठाउँमा मिलाएर लक्ष्य प्राप्तिको बाटोमा हिंड्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

अधिकारीले वेगनासताल क्षेत्रको विकासका लागि विस्तृत परियोजना बनाएर सरकारको उपल्लो तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।गण्डकी प्रदेश सांसद दीपक कोइरालाले महायज्ञको उद्देश्य पूरा गर्न प्रदेश सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता महायज्ञले धार्मिक पर्यटनको क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सावित्री भण्डारी, महानगर समन्वय समिति सदस्य चतुरे विक, नेपाली काँग्रेस कास्की जिल्ला सदस्य राजेन्द्रमणि लामिछाने, महायज्ञ सल्लाहकार संयोजक डा इन्द्रप्रसाद तिवारी लगायतले महायज्ञ संचालन पूर्व जुन लक्ष्य राखिएको थियो त्योभन्दा बढी सफलता हात परेकोमा खुसी ब्यक्त गर्दै अब कार्यान्वयन चरणमा जानु पर्ने सुझाव राखेका थिए।महायज्ञ मूल आयोजक समिति अध्यक्ष डिल्लीरमण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तीर्थ वरुवालले स्वागत र महासचिव धु्रवनाथ अधिकारीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…
  • ‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । लोकतन्त्रविरोधी आन्दोलनको भविष्य नभएको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिए । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार…
  • प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान प्राप्त भएको छ । असमेली नेपाली नाट्यसम्मेलन सन् २०२३…
  • पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ सहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ…
  • लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोसाक वितरण गरेका छन् ।…

hero news full width