पोखरा, २९ मंसिर । पोखरा-११, काहुँडाँडामा शुक्रबारदेखि शुरु तेस्रो काहुँ धरहरा महोत्सव-२०७५ को दोस्रो दिन शनिबार दर्शकको उपस्थिति उल्लेख्य रह्यो ।
पोखराको चुली काहुँ अवलोकनसँगै महोत्सवमा रमाउन पोखरेली दर्शक शनिबार बिदाको दिन पारेर त्यहाँ पुगेका हुन् ।
महोत्सवमा शनिबार लोकदोहोरी कलाकार तारापति सुवेदी, जीवन दाहाल, दुर्गा गुरुङ, शंकरविरही गुरुङ, कृष्ण अखेली, कागज गुरुङ, प्रेमराज अधिकारी, शिवहरि ढुंगानाले आफ्नो प्रस्तुतिमा दर्शक नचाए ।
यस्तै, पप कर्न्र्सटतर्फ लाहुरे (आशीष राना), एलबि थापा र सोवित बस्नेतले आफ्नो प्रस्तुति राखे । शुक्रबार लोकदोहोरी प्रतियोगितामा दर्पणछाया लोकदोहोरी विजयी भयो ।
आइतबार लोकदोहोरीतर्फ प्रजापति पराजुली, प्रीति आले, पार्वती जिसी, जीवन दाहाल, सरला पाण्डे, शंकरविरही गुरुङ, अमर धिताल, शिवहरि ढुंगाना, ज्योति लोहनी, करण तामाङ, भवि मगरको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक रामकृष्ण बास्तोला ‘गोर्खाली’ ले जानकारी दिए ।
उनका अनुसार थप आकर्षणमा रत्यौली गीत प्रतियोगिता, भजन चुड्का प्रतियोगिता र लोकदोहोरी प्रतियोगिता हुनेछ ।
‘काहुँ दृष्यावलोकनको एक गन्तव्य’ भन्ने मूलनाराका साथ जनकल्याण क्लबको आयोजना र फूलबारी क्लबको सहआयोजनामा जारी महोत्सव पुस ८ गतेसम्म चल्नेछ । महोत्सवस्थलसम्म पुग्न पोखरा रानीपौवादेखि गाडीको व्यवस्था गरिएको प्रचारप्रसार संयोजक दामोदर आचार्यले जानकारी दिए ।
साइक्लिङ दौड प्रतियोगिता
महोत्सवअन्तर्गत शनिबार साइक्लिङ दौड प्रतियोगिता भएको छ । रानीपौवादेखि महोत्सवस्थल काहुँसम्म भएको सो प्रतियोगिता उद्घाटन स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गरेका थिए । उनले महोत्सव अवसरमा आयोजित यसप्रकारका प्रतियोगिताले आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बताए ।
महिला-पुरुष दुवै इभेन्टमा भएको ७ किमीको सो साइक्लिङ दौड प्रतियोगितामा ३१ जनाको सहभागिता थियो । महिला ३ जना सहभागी थिए । पुरुषतर्फ सन्दीप सुन्दाहाली प्रथम, हिम्मत बिक दोस्रो र जगत धोली तेस्रो भए । उनीहरुले क्रमशः ३३.२१ मिनेट, ३५.२९ मिनेट र ३८.४७ मिनेटमा सो दुरी पार गरेका हुन् । भेट्रान्सतर्फ शान्तराम बिकले ४०.४७ मिनेटमा दुरी पार गरी विजयी हुँदा महिलातर्फ ५१.२० मिनेटमा निर्धारित दुरी पार गरी सुनिता श्रेष्ठ प्रथम भइन् ।
Related News
सम्बन्धित समाचार
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
वात्स्यायनको अभिनन्दन तथा रथारोहण
देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण
रत्नमानको ३ भाषाको पुस्तक
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९