पश्चिमाञ्चल गौरव पुरस्कार महावीरलाई

पश्चिमाञ्चल माविको २७ औं वाषिर्कोत्सव

आदर्श समाज सम्वाददाता
पौष १, २०७५
Mahabir_Fotor

पोखरा, २९ मंसिर । पश्चिमाञ्चल मावि, पोखराले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । विद्यालयले हरेक २ वर्षमा प्रदान गर्ने पश्चिमाञ्चल गौरव पुरस्कार केन्द्रका अभियन्ता महावीर पुनलाई प्रदान गर्‍यो ।

विद्यालयको २७ औं वाषिर्कोत्सव अवसर पारेर शनिबार आयोजित कार्यक्रममा विज्ञान र प्रविधिमा विशेष योगदान दिएकोमा केन्द्रका अभियन्ता पुनलाई २५ हजार पुरस्कार र १ लाख रुपैयाँ सहयोगसहित १ लाख २५ हजार रुपैयाँको संयुक्त चेक हस्तान्तरण गरिएको हो ।

गण्डकी प्रदेशकी सांसद मीत्रकुमारी सुवेदी, पश्चिमाञ्चल फाउण्डेसनका अध्यक्ष गेहेन्द्रेश्वर कोइराला, पुरस्कार छनोट समितिका संयोजक प्राडा विश्वकल्याण पराजुली, प्राचार्य ताराबहादुर घिमिरे लगायतले पुरस्कार र सहयोग प्रदान गरेका थिए ।

आविष्कार केन्द्र स्थापनामा थोरै भए पनि योगदान दिन सहयोग गरिएको विद्यालयले जनाएको छ। पुनले केन्द्र स्थापना गर्न व्यक्तिगत रुपमा जग्गा दिएर आर्थिक सहयोग जुटाउन थालेका थिए । सूचना प्रविधिका अभियन्ता पुन म्यागासेसे पुरस्कार विजेता समेत हुन् । दुर्गम गाउँमा सूचना प्रविधि विस्तारमा उनले विशेष योगदान छ।

पुरस्कार छनोट समिति संयोजक प्राडा विश्वकल्याण पराजुलीले पुनले सूचना प्राविधिका लागि विश्वकै लागि योगदान दिएको बताए । त्यही योगदानस्वरुप ३० जनामध्येबाट पुन छनोटमा परेको उनले बताए । विद्यालयले २ वर्षअघि पहिलोपटक यो पुरस्कार विज्ञान क्षेत्रमा अनुसन्धान गरेकोमा डा कपिल अधिकारीलाई प्रदान गरेको थियो । विज्ञान र प्रविधिको क्षेत्रमा योगदान दिने व्यक्तिलाई २ वर्षको फरकमा विद्यालयले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

विद्यालयका प्राचार्य ताराबहादुर घिमिरेले पुनको योगदानबाट सबैले सिको गर्नुर्पर्ने बताए । ‘दुर्गम गाउँले पुनबाट धेरै लाभ पाएका छन् । यो सिकाइ अरुका लागि पनि हुनुपर्छ,’ घिमिरेले भने ।

सांसद सुवेदीले पुनबाट राष्ट्रले नै पुनबाट लाभ लिनुपर्ने बताइन् । राज्यले पुन जस्ता व्यक्तिबाट धेरै कुरा सिक्नुपर्ने बताइन् ।

पश्चिमाञ्चल फाउण्डेसन अध्यक्ष कोइरालाले पुनको सिको अरुले पनि गर्न सके राष्ट्रका लागि महत्वपूर्ण योगदान हुने बताए ।

वाषिर्कोत्सव अवसरमा आयोजित विभिन्न कार्यक्रमका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गरियो । वाषिर्कोत्सव अवसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए । पोखराको गैह्रापाटनस्थित विद्यालयमा १२ कक्षासम्म अध्यापन हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width