पोखरा, २९ मंसिर । पोखरा वडा १२ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । महानगरका मेयर मानबहादुर जिसीले शुक्रबार भवन शिलान्यास गरेका हुन्।
कार्यक्रममा उनले जनताको तिरेको करवाट निर्माण हुने संरचना जनताकै भएको र यसको संरक्षण पनि स्थानीयके जिम्मामा रहने बताए। जनताले खाइ नखाइ तिरेको करले नै यहाँका संरचना निर्माण हुने गरेकोले सेवा पनि जनमुखी हुनु पर्ने प्रमुख जिसीको भनाइ थियो।
पोखरा महानगरपालिकाभित्र सबै वडा कार्यालय यही वर्षभित्र बनाइ सक्ने योजना अनुसार काम अगाडि बढेको केही वडाको निर्माण कार्य सम्पन्न भइसकेको र बाँकीको निर्माण कार्य भइरहेको उनले बताए।
वडा १२ का वडाध्यक्ष रामबहादुर कार्कीले जनतालाई सहज सेवा प्रदान गर्ने उद्देश्यले सुविधा सम्पन्न वडा कार्यालय बनाउन लागेको बताए।
सो अवसरमा मेयर जिसीले वडा १२ का ५ देखि १२ वर्षसम्मका सम्पूर्ण बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरेका छन्।
विद्यालय बाहिर रहेका २ ओटा बालबालिकालाई स्थानीय सरस्वती आधारभूत विद्यालयमा भर्ना गराएपछि सो घोषणा गरिएको हो।
यस्तै वडा कार्यालयले शुक्रबारदेखि नै राजश्व संकलन शुरु गरेको छ। शुक्रबार पहिलो करदाता वडा सदस्य सीतादेवी बास्तोलाले तिरेको करको रसिद मेयर जिसीले हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरिएको हो।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
बसपार्क हस्तान्तरण
महिला उद्यमीले सिकायो च्याउ खेती
आँखा शिविरमा २१५ को परीक्षण
hero news full width
मुख्य समाचार
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९