पोखरा १२ को वडा कार्यालय भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
पौष १, २०७५
ward 12_Fotor

पोखरा, २९ मंसिर । पोखरा वडा १२ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । महानगरका मेयर मानबहादुर जिसीले शुक्रबार भवन शिलान्यास गरेका हुन्।

कार्यक्रममा उनले जनताको तिरेको करवाट निर्माण हुने संरचना जनताकै भएको र यसको संरक्षण पनि स्थानीयके जिम्मामा रहने बताए। जनताले खाइ नखाइ तिरेको करले नै यहाँका संरचना निर्माण हुने गरेकोले सेवा पनि जनमुखी हुनु पर्ने प्रमुख जिसीको भनाइ थियो।

पोखरा महानगरपालिकाभित्र सबै वडा कार्यालय यही वर्षभित्र बनाइ सक्ने योजना अनुसार काम अगाडि बढेको केही वडाको निर्माण कार्य सम्पन्न भइसकेको र बाँकीको निर्माण कार्य भइरहेको उनले बताए।

वडा १२ का वडाध्यक्ष रामबहादुर कार्कीले जनतालाई सहज सेवा प्रदान गर्ने उद्देश्यले सुविधा सम्पन्न वडा कार्यालय बनाउन लागेको बताए।

सो अवसरमा मेयर जिसीले वडा १२ का ५ देखि १२ वर्षसम्मका सम्पूर्ण बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरेका छन्।

विद्यालय बाहिर रहेका २ ओटा बालबालिकालाई स्थानीय सरस्वती आधारभूत विद्यालयमा भर्ना गराएपछि सो घोषणा गरिएको हो।

यस्तै वडा कार्यालयले शुक्रबारदेखि नै राजश्व संकलन शुरु गरेको छ। शुक्रबार पहिलो करदाता वडा सदस्य सीतादेवी बास्तोलाले तिरेको करको रसिद मेयर जिसीले हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरिएको हो।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width