पोखरा, २९ मंसिर। काहूँखोला भाट समाजको समाजघर निर्माणका लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
समाजका केन्द्रीय सदस्य चिनु रानाभाटले भवनको शिलान्यास गर्दै समाजघर पुस्तौपुस्ता चल्ने र चलाउने उद्देश्यका साथ निर्माण गर्नु पर्ने र आवश्यक अर्थ संकलनका लागि सक्दो पहल गर्ने बताए।
सो समारोहमा समाजका अध्यक्ष एकादेव रानाभाट, सचिव सु. भिमबहादुर रानाभाट, पूर्व अध्यक्ष पितृराज रानाभाटलगायतले बोलेका थिए।
उक्त भवन निर्माणका लागि ५० लाख लागत लाग्ने र एक वर्ष भित्र भवन निर्माण सम्पन्न गर्ने समाजले लक्ष्य राखेको सचिव भिमबहादुरले जानकारी थिए।
तत्कालिन रानाभाट सेवा समाजको संगठन बिस्तार क्रममा २०६७ सालमा शान्ति रानाभाटको नेतृत्वमा गठिन काहूँखोला इकाइ समितिको पहलमा छ आना जग्गा खरिद गर्ने कार्य भएकाले कास्कीका १७ इकाइमध्ये उत्कृष्ट भएर रानाभाट समाज कास्कीबाट पुरस्कृतसमेत भएको थियो।
पछिल्लो समय स्थानीय भाट बन्धुले पितृराज रानाभाटको नेतत्वमा काहूँखोला भाट समाज छुट्टै दर्ता गरेर बन्धुत्व र जातीय पहिचान कायम गर्न क्रियाशील रहँदै आएका छन्।
Related News
सम्बन्धित समाचार
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०