काहूँखोला भाट समाजको समाजघर शिलान्यास

आदर्श समाज सम्वाददाता
पौष १, २०७५

पोखरा, २९ मंसिर। काहूँखोला भाट समाजको समाजघर निर्माणका लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

समाजका केन्द्रीय सदस्य चिनु रानाभाटले भवनको शिलान्यास गर्दै समाजघर पुस्तौपुस्ता चल्ने र चलाउने उद्देश्यका साथ निर्माण गर्नु पर्ने र आवश्यक अर्थ संकलनका लागि सक्दो पहल गर्ने बताए।

सो समारोहमा समाजका अध्यक्ष एकादेव रानाभाट, सचिव सु. भिमबहादुर रानाभाट, पूर्व अध्यक्ष पितृराज रानाभाटलगायतले बोलेका थिए।

उक्त भवन निर्माणका लागि ५० लाख लागत लाग्ने र एक वर्ष भित्र भवन निर्माण सम्पन्न गर्ने समाजले लक्ष्य राखेको सचिव भिमबहादुरले जानकारी थिए।

तत्कालिन रानाभाट सेवा समाजको संगठन बिस्तार क्रममा २०६७ सालमा शान्ति रानाभाटको नेतृत्वमा गठिन काहूँखोला इकाइ समितिको पहलमा छ आना जग्गा खरिद गर्ने कार्य भएकाले   कास्कीका १७ इकाइमध्ये उत्कृष्ट भएर रानाभाट समाज कास्कीबाट पुरस्कृतसमेत भएको थियो।

पछिल्लो समय स्थानीय भाट बन्धुले पितृराज रानाभाटको नेतत्वमा काहूँखोला भाट समाज छुट्टै दर्ता गरेर बन्धुत्व र जातीय पहिचान कायम गर्न क्रियाशील रहँदै आएका छन्।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width