कामना सेवाको देशव्यापी वित्तीय साक्षरता

Avatar आदर्श समाज सम्वाददाता
पौष १, २०७५

पोखरा, २९ मंसिर । कामना सेवा विकास बैंक लि.ले शनिबार देशव्यापी रुपमा वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम गरेको छ ।

कास्की जिल्ला तथा यस आसपासका शाखा कार्यालयमा पनि सो कार्यक्रम गरियो ।

कार्यक्रमका बैंकका निर्देशक, निवर्तमान निर्देशक, संस्थापक र विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले यस आर्थिक वर्षमा थप २२ वटा शाखाहरु विस्तार गर्ने कार्यक्रमअन्तरगत काठमाडौं न्यूरोडमा शुक्रबारदेखि शाखा सञ्चालन गर्नुको साथै आफ्ना कुल ६१ शाखा र १७ एटिएम काउन्टरबाट ग्राहकलाई सेवा सुविधा दिँदै आएको न्यूरोड शाखा पोखराका प्रबन्धक मित्रराज बरालले बताए ।

हाम्रो सुझाव

मुक्तिनाथको कार्यकारी अधिकृतमा समिर

रेड पिपर बुटिक हलको शुभारम्भ

कृषि क्षेत्रमा सघाउन इजरायल तयार– राजदूत ओमर

वालिङमा बजार अनुगमन

प्रमुख समाचार

टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक