तीनखोले देवीको सातौं साधारणसभा

आदर्श समाज सम्वाददाता
पौष १, २०७५
til khole

खैरेनीटार, २९ मंसिर। शुक्लागण्डकी ६ मा रहेको तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समितिको सातौं साधारणसभा सम्पन्न भयो । सो अवसरमा देवीभागवत् महायज्ञको आयव्यय सार्वजनिक गरियो ।

प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाईलीले तीनखोले देवीलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्नको लागि शुक्लागण्डकी नगरपालिकाले सक्दो सहयोग गर्ने बताइन्।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेलले तीनखोले देवीलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न साथै यस क्षेत्रमा होमस्टे सञ्चालन गर्न स्थानियले पहल गर्न आग्रह गरे।

गत असोज २४ गतेदेखि संचालित महायज्ञ तथा तीनखोले देवी धार्मिक महोत्सवबाट ६५ लाख ८१ हजार  रुपैयाँ आम्दानी भएकोमा ५० लाख ६६ हजार रुपैयाँ बचत भएको जानकारी महोत्सवका आर्थिक सहसंयोजक बालकुमार वाग्लेले गराएका थिए।

वाग्लेले बचत रकम तीनखोले देवी मन्दिरको सर्वाङ्गी विकासमा खर्च गरिने जनाए।

कार्यक्रममा नेकपाका हरिराज घिमिरे, नेपाली कां’ग्रेसका महेश्वर भट्टराई, खैरेनीटार बजार इकाइ सभापति पूर्णबहादुर कायस्थ, नागरिक समाजका बाबुराम बस्नेत, खैरेनीटार महिला विकास बहुउद्देयीय सहकारी संस्थाकी अध्यक्ष र्सूयकला ढकाल, पिताम्बर तिम्सिना लगायतले बोलेका थिए।

तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समिति अध्यक्ष श्रीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अर्जुन सापकोटा र सञ्चालन सचिव पदमराज बरालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width