तेस्रो काहुँ धरहरा महोत्सव आजदेखि

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७५

पोखरा, २७ मंसिर । जनकल्याण क्लबको आयोजना र फूलबारी क्लबको सहआयोजनामा शुक्रबार तेश्रो काहुँ धरहरा महोत्सव शुरु हुँदैछ ।

काहुँ धरहरा परिसरमा हुने महोत्सवको आवश्यक तयारी पूरा भएको महोत्सव संयोजक दीपक प्रकाश आचार्यले जानकारी दिए।

‘काहुँ दृश्यावलोकको एक गन्तव्य’ लाई उत्सवको रुपमा लिएको महोत्सवमा ८० वटा स्टल राखिएको स्टल संयोजक दशरथ आचार्यले बताए ।

महोत्सव अवसरमा हुने खेलकुदका कार्यक्रमको पनि आवश्यक तयारी पूरा भएको छ ।

त्यस्तै महोत्सव व्यवस्थित रुपमा सञ्चालन गर्न गठित ७ सय ७७ सदस्यीय मूल आयोजक समिति र २५ सदस्यीय सल्लाहकार समिति र ३३ सदस्यीय उपसमितिलाई तोकिएको जिम्मेवारी पुरा गरेको प्रचार प्रसार संयोजक दामोदर आचार्यले जानकारी दिए।

महोत्सव अवधिभर लोकदोहोरी प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, खुला नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको लोकदोहोरी, पप कर्न्र्सट, रहेका छन् भने चित्रकला, पर्वतीय दौड र साइकल दौड समेतका कार्यक्रम समावेश गरिएको आचार्यले बताए।महोत्सव उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गर्ने कार्यक्रम छ। तेश्रो पटक हुन लागेको महोत्सव करिब ८० हजार दर्शकले धरहरासँगै महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ। महोत्सव मंसिर २८ देखि पुस ८ सम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width