लमजुङ, २७ मंसिर। स्वतन्त्र पत्रकार संघ नेपाल लमजुङको आयोजनामा वेशीशहरमा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ।
संविधानसभा सदस्य जमिन्द्रमान घलेले तालिम उद्घाटन गर्दै पत्रकारको क्षमता वृद्धिका लागि तालिम उपयोगी हुने बताए। उनले सिक्नका लागि उमेरले नछेक्ने र सिक्ने कुरा कहिल्यै नसिद्धिने उल्लेख गरे।
नेपाल पत्रकार महासंघ लमजुङ अध्यक्ष आश गुरुङले पत्रकारिता सहज विषय नभएको भन्दै नवप्रवेशीलाई पत्रकारिताको धर्म र मर्म बुझेर पेशामा क्रियाशील रहन सुझाव दिए। उनले समाचार आफ्ना लागि नभई आमपाठक र स्रोताका लागि लेख्नेबारे सचेत हुनुपर्ने बताए ।
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय महासचिव एवम् तालिम प्रशिक्षक नवराज पहाडीले पत्रकार बन्न चाहनेहरूका लागि पत्रकारिता पेशा चुनौती र अवसर दुवै रहेको बताए।
संघ प्रशिक्षण विभाग उपप्रमुख तथा प्रशिक्षक कृष्ण आलेले तालिमलाई व्यवहार उपयोगी बनाउन आफूहरूको प्रयास रहने बताए।
तीन दिनसम्म चल्ने तालिममा प्रशिक्षक पहाडीसहित प्रशिक्षण विभाग उपप्रमुख आलेले सैद्धान्तिक र व्यवहारिक कार्यशैली अपनाई प्रशिक्षण दिनेछन्।
स्वतन्त्र पत्रकार संघ लमजुङ अध्यक्ष चन्द्रकान्त पौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा कोषाध्यक्ष सुधा पहाडीले स्वागत तथा सचिव कुमार पौडेलले सञ्चालन गरेका थिए।
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तालाको उपस्थितिमा मंसिर २९ मा तालिम समापन गरिनेछ । तालिममा लमजुङ र तनहुँ जिल्लाका गरी १७ जनाले भाग लिएका छन्।
Related News
सम्बन्धित समाचार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९