महायज्ञमा दान रकम बढ्दो

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७५
begnas

लेखनाथ, २७ मंसिर। वेगनास तालमा जारी श्रीमद्भागवत् विराट ज्ञानमहायज्ञमा भक्तजनको सहभागितासँगै दान रकमसमेत वृद्धि हुँदै गएको छ। महायज्ञ छैटौं दिनसम्म आइपुग्दा अन्य दिन तुलनामा बढी रकम संकलन भएको छ।

आमा समूह, टोल विकास संस्था तथा अन्य सामाजिक संघसंस्थाले स्थानीय रुपमा संकलन गरेको रकम यज्ञस्थलमा आएर एकमुष्ठ दान गर्नेहरु बढ्दै गएको प्रचारप्रसार उपसमिति संयोजक मोती गिरीले जानकारी दिए।

महायज्ञमा हालसम्म ६० लाख ५ सय ४२ रकम संकलन भएको महायज्ञ मूलआयोजक समिति कोषाध्यक्ष गंगाराम सुवेदीले जानकारी दिए । विहीवारमात्र १६ लाख ५५ हजार ६ सय २४ रुपैयाँ संकलन भयो ।

विहीवार राष्ट्रिय परोपकार महासंघ नेपालबाट एक लाख ११ हजार एक सय ११, हेमबहादुर सापकोटा  वेगनासबाट एक लाख ६६ हजार छ सय ६६, शिवप्रसाद न्यौपाने शिशुवाबाट एक लाख चार हजार, होटल तथा रेष्टुरेन्ट एशोसिएसन परिवार बेगनासबाट ६५ हजार पाँच सय ५५, तिलकप्रसाद तिवारी वेगनासतालबाट ५६ हजार एक सय १५, सेभेन लेक शुद्ध खानेपानी पचभैयाबाट ५७ हजार सात सय ७७, छलि सुवेदी पोखरा-३१ तुलादानबाट ५१ हजार दान गरिएको महायज्ञ प्रवक्ता ध्रुवनाथ अधिकारीले जानकारी दिए।

विभिन्न कालखण्डमा तालमा डुबेर ज्यान गुमाएका व्यक्तिहरुको आत्माको चिरशान्तिको कामना गर्दै तिनका परिवारजन कर्ताको रुपमा पूजामा संलग्न रहेको मूल समारोह समिति अध्यक्ष डिल्लीरमण तिवारीले बताएका छन्। भागवतभाष्कर कमलनयन गौतमको मुखराविन्दुबाट कथा वाचन भइरहेको सो महायज्ञ मंसिर २९ सम्म चल्नेछ ।

यसैबीच, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले वेगनास ताल वराह क्षेत्रको विस्तृत परियोजना प्रस्ताव २ महिनाभित्र तयार गर्न आग्रह गरेका छन्। वराह क्षेत्रको विस्तृत परियोजना प्रस्ताव तयार गरी कार्यान्वयन गर्ने उनले प्रतिबद्धता जनाए।

महायज्ञमा ज्ञानका कुरा पनि लिने र मन खुलाएर दान गरी सहयोग गर्न सम्पूर्ण भक्तजनमा आग्रह गर्दै प्रमुख जिसीले महायज्ञको लक्ष्य पूरा गर्न बाँकी रहेमा महानगरले पूरा गर्ने समेत बताए।

वेगनास र रुपाताल जलाधार क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न र यस क्षेत्रको जैविक विविधता संरक्षण गर्दै वेगनास क्षेत्रको समृद्धिका लागि महानगरले प्राथमिकता राखेको जिसीले बताए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width