पोखरामा गोल्ड स्टारको शो रुम

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७५

पोखरा, २७ मंसिर । गोल्डस्टार जुत्ताको आधिकारिक सोरुम पोखरा सिर्द्धार्थचोकमा संचालनमा आउने भएको छ। गोल्डस्टारका मार्केटिङ अफिसर रेशम भण्डारीले विहीबार आयोजित पत्रकार सम्मेलनमा नेपालमा उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ता ग्राहकलाई सहज ढंगले उपलब्ध गराउने उद्देश्यले गण्डकी प्रदेशकै पहिलो सोरुम स्थापना गरिने भएको जनाए।

उनका अनुसार वाषिर्क रुपमा नेपालमा गोल्डस्टारका एक करोड ५० लाख थान जुक्ता उत्पादन हुने गरेको छ। पुरानो पुस्तादेखि लोकप्रिय ब्राण्ड गोल्डस्टारको वाषिर्क करिब ५ अर्ब बराबरको जुत्ताको कारोबार हुने बताइन्छ। भारत, चाइना, भियतनामबाट कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन हुने उक्त जुक्त गुणस्तरीय भएकाले नेपालीहरु पुगेका अधिकांश देशहरुमा यसको बिक्री हुने गरेको मार्केटिङ अफिसर भण्डारीले जनाए। तीन सय कर्मचारी रहेको बताउँदै उनले उक्त उद्योगबाट ४ हजार श्रमिक लाभान्वित भएको दाबी गरे।

स्वस्तिका केसी, राजन केसी र सुरज श्रेष्ठ तीन जनाको संयुक्त लगानीमा नेपाली उत्पादन गोल्डस्टारलाई अझ बढी प्रयोगमा ल्याउन शोरुम स्थापना गरेको संचालक राजन केसीले जनाए।  उनका अनुसार ५० लाखको लगानीमा उक्त सोरुम स्थापना गरिएको हो।

सामान्यतया २ सयदेखि २ हजार २ सय मूल्य पर्ने विभिन्न साईज र रंगमा गोल्डस्टार जुत्ता सोरुममा उपलब्ध हुने भएको संचालक स्वस्तिका केसीले जनाइन्। औपचारिक पुस २ देखि उक्त सोरुम संचालनमा आउनेछ । नायक सलोन बस्नेत र नायिका वर्षा राउतले शोरुम उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनको ३ दिनसम्म खरिदमा १० प्रतिशत छुट दिइने जनाइएको छ ।

हाम्रो सुझाव

पूर्वी भारतको ट्रेड समिटमा चेम्बरको सहभागिता

सारथि सहकारीको साधारणसभा

तरकारी ढुवानीका लागि सहकारीलाई गाडी

अनलाईन ढुवानी साधन अनुगमन प्रणाली अव्यवहारिक

प्रमुख समाचार

रानीमहलको जग्गा व्यक्तिका नाममा

थप प्रमुख समाचार

राष्ट्रिय माविमा खानेपानी टंकी शिलन्यास

आरोहण व्यवस्थापनमा शून्य पोखरा