पोखरा, २७ मंसिर । सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्था १३ औं वर्षमा प्रवेशको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरिएको छ ।
२०६३ सालमा स्थापित सहकारीको वाषिर्कोत्सव अवसरमा विहीवार आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरे।
प्रतिनिधिसभा सदस्य एवं वरिष्ठ समाजसेवी सूर्यबहादुर केसीले संचारकर्मी कृष्ण क्षेत्री, सान्त्वना पौडेललाई ब्लडव्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि केसीले सहकारी संस्थाहरुले वित्तीय कारोबारसँगै यसैगरी सामाजिक उत्तरदायित्वमा ध्यान दिनुपर्ने दिए ।
संस्थाले स्थापनादेखि रेडियो सराङ्कोट संचालनसँगै बचत तथा ऋण कारोबारमार्फत सेयर पुँजी ४ करोड ४५ लाख, बचत ३० करोड र ऋण लगानी २८ करोड रहेको संस्थाका सचिव कृष्ण थापाले बताए।
कार्यक्रममा संस्थापक अध्यक्ष लोकबहादुर थापा, प्रहरी निरीक्षक पुष्पकमल क्षेष्ठ, रक्तसंचार केन्द्रका वरिष्ठ प्राविधिक अर्जुन ज्ञवाली, आकस्मिक रक्तदान यूनिटका व्यवस्थापक हरिशचन्द्र शर्मा, सल्लाहकार इन्द्रकमल मान्नधर, उपाध्यक्ष बसन्तबहादुर बानियाँ, सचिव कृष्ण थापा, व्यवस्थापक सुरेन्द्र थापा, संचालक सदस्य रामचन्द्र थापा, शम्शेबहादुर थापा, मायाकुमारी शर्मा, रीता क्षत्री, सेयर सदस्य गणेशबहादुर अधिकारी, लक्ष्मी पाण्डे लगायतले आ-आफ्नो धारणा राखेका थिए।
कार्यक्रम संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको हो ।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१