गौरीशंकर माविको ६१ औं वाषिर्कोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७५
gaurishanker ma ve teacher photo

हेमजा, २६ मङ्सिर ।हेमजास्थित गौरीशंकर माध्यमिक विद्यालयको ६१ औं वाषिर्कोत्सव, अभिभावक दिवस पुरस्कार तथा छात्रबृर्र्ति वितरण समारोह बुधवार सम्पन्न भएको छ ।

सो अवसरमा भनाई राख्दै प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद रामजीप्रसाद वरालले विगतको शिक्षा निति ऋटिपूर्ण हुदाँ अहिलेको पुस्ताले दुःख पाइरहेको चर्चा गर्दै त्यसबाट पाठ सिकी अव शिक्षा नितिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

सांसद वरालले अवको शिक्षा समाजवाद उन्मुख हुनुपर्ने तर्क गर्दै शिक्षा अनिवार्य मात्र नभई गुणात्मक अनिवार्य हुनुपर्ने आवश्यकता पनि औँल्याए । उनले हेमजा हरेक हिसावले महत्वपूर्ण रहेको दावी गर्दै त्यो सानो शहरको रूपमा विकास हुँदै गएको र अव हेमजावासीले त्यस क्षेत्रको आवश्यकतालाई प्राथमिकीकरण गर्नुपर्नेमा जोड पनि दिए ।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले सबै तहमा अनुशासनको महत्व महत्वपूर्ण हुने जनाउँदै विद्यार्थी जीवनमा अनुशासनको महत्व झनै उच्च रहने बताए ।उनले विद्यालयको सर्वाङगीर्ण विकासको कामना पनि गरेका थिए ।

पोखरा-२५, का वडाध्यक्ष शोभाकर तिम्सिनाले विद्यार्थी जीवनमा मोवाइलको प्रयोग सकेसम्म कम गर्नुपर्ने तर्क गर्दै वडाले पछिल्लो समय स्वास्थ्य चौकी, प्रहरी चौकी तथा मिलनचोक क्षेत्रमा सार्वजनिक शौचालय निर्माणतर्फ ध्यान दिएको बताए ।उनले स्थानीय तहमा भष्टचार गर्नेको संजाल नै रहेका भन्दै त्यस्तो अवस्थाले देश विकाश हुनै नसक्ने ठोकुवा पनि गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका विद्यालय निरीक्षक वसन्तराज पौडेल, अक्षयकोषदाताको तर्फबाट वसन्त बास्तोला, नेपाल कम्युनिष्ट्रय पार्टी-नेकपा)का प्रतिनिधि शोभाकर भण्डारी, काँग्रेसका वडा संयोजक मधुसुदन त्रिपाठी, जेष्ठ नागरिक समाज हेमजाका अध्यक्ष निलकण्ठ पौडेल, विवेकशील साझा पार्टीका विश्वराज बास्तोला, पुर्व प्रधानाध्यापक भुवनेश्वर शर्मा पौडेल, अभिभावक इन्द्रप्रसाद दाहाललगायतले मन्तव्य राख्दै शुभकामना दिए ।

विद्यालयका प्रधानाध्यापक अम्बरबहादुर कुँवरले त्यसअवसरमा विद्यालयको वाषिर्क प्रगति विवरण पेश गरेका थिए । उनले शैक्षिकका अलवा खेल क्षेत्रमा पनि विद्यालयले सफलता प्राप्त गर्दै गएको जनाउँदै विद्यालय क्षेत्रमा फूलवारी र बगैचा निर्माणको तयारी भइरहेको पनि बताएका थिए ।

कार्यक्रमबीच गत शैक्षिक सत्र तर्फका शैक्षिक पुरस्कार, खेल पुरस्कार तथा विभिन्न छात्रबृति वितरण पनि गरिएको थियो ।विद्यार्थीहरू अञ्जना पोखरेल, गंगा सुनार, पुणिर्मा गुरुङलगायतको समूहले विभिन्न प्रस्तुतिहरू राखेका थिए । शिक्षक दिपक त्रिपाठी र विशालजंग कुँवरलाई सम्मान पनि गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक महेश्वर पौडेल र विद्यार्थी रूपा नेपालीले स्वागत तथा कार्यक्रमको संचालन शिक्षक मानबहादुर कार्कीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…
  • प्रभावकारी बन्दै ओएसटी कार्यक्रम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लागुऔषधको मौखिक प्रतिस्थापन उपचार (ओएसटी) पद्धतिको प्रभावकारी कार्यान्वयनका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याइएको छ । कम्युनिटी सपोर्ट ग्रुप…
  • सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । क्षत्री समाज नेपालको राष्ट्रिय परिषद भेलाले विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनमा दबाबसहित विभिन्न निर्णय गरेको छ । बुटवलमा…

hero news full width