लेखनाथ, २६ मङ्सिर। नेत्रहिन तथा शारिरिक अपाङ्गता भएका ब्यक्तिको आय आर्जनमा सहयोग पुग्नेगरी कोरियाली अपाङ्ता संस्था सिलोन सेन्टर फर द ब्लाइण्डले बाख्रापालनका लागि सहयोग गरेको छ ।
कास्कीको लेखनाथमा आयोजित एक कार्यक्रमबीच सहयोगी संस्थाका निर्देशक चोर्इ डीन सीले नेत्रहिन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी र राष्ट्रिय शारिरिक अपाङ्ग संघ कास्कीका अध्यक्ष दामोदर रेग्मीलाई सहयोग स्वरूप रु ७ लाख ३६ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
आपाङ्गता भएका ब्यक्तिको आय-आर्जनमा थप सहयोग पुग्नेगरी नेत्रहिन संघका २० जना र राष्ट्रिय शारिरिक अपाङ्ग संघका २० जनालाई वाख्रापालन तालिमसहित २० हजार सहोयग गरेको हो ।
कार्यक्रममा बोल्दै सहयोगी संस्थाका निर्देशक सीले आर्थिक अभावमा कोही कसैले पनि कष्टकर जीवन बिताउन नपरोस भन्दै आफनो क्षमताअनुसार स्वरोजगार बनेर सुखमय जीवन बिताउनुपर्नेमा जोड दिए ।
सोहीअवसरमा गण्डकी प्रदेशका भूमी ब्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले गण्डकी प्रदेशलाई कृषि र पर्यटनको माध्यमबाट अगाडि बढाउने लक्ष्यअनुसार अब छिट्टै सहकारी ऐन पारित गरिने बताए । सहकारीको माध्यमबाट नयाँ भुःउपयोगको नीतिमार्फत कोहीपनि बेरोजगार हुन नपर्ने गरी सरकारले काम गर्न लागेको बताए ।
उत्पादकत्व बृद्धिका लागि कृषि क्षेत्रमा लगानी बढाउँदै तरकारी र पशुजन्य उत्पादनबाट गण्डकी प्रदेशलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्नेबारे सरकार चिन्तनशील भएको बिचार राखे ।
Related News
सम्बन्धित समाचार
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
नेरेसो उपशाखा ८ को सभा
रैथाने अन्नबाली खान जोड
कालिका क्याम्पस अध्यक्षमा किरण केसी
hero news full width
मुख्य समाचार
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९