पञ्चवषिर्य योजना बनाउँदै गण्डकी प्रदेश

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७५
20181212_183113_Fotor

पोखरा, २६ मङ्सिर । गण्डकी प्रदेशले आगामी ५ बर्षका लागि आवधिक योजना निर्माण गर्दैछ । पर्यटन, कृषि र उर्जालाई मुख्य प्राथमिकतामा राखेर योजना निर्माणको तयारी गरिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्माले बताए ।

मंगलबार आवधिक योजनाबारे प्रारम्भीक चरणको छलफल गरिएको छ । सरोकारवालासहितको छलफलमा सहभागीहरुले तथ्यमा आधारित भएर बास्तविक योजना निर्माण गर्न सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री तथा योजना आयोगका अध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रदेशको अवस्था केलाएर सरकारले लिएको लक्ष्यप्राप्तिको बाटो निर्माण गरिदिन विज्ञसँग आग्रह गरे ।

‘हामी नेताहरु भाषण गरिरहेका छौं,’ उनले भने, ‘जनतालाई सपना देखाईरहेका छौं । तर त्यो सपना पूरा गर्ने मास्टर प्लान हामीसँग छैन । प्रदेशको बस्तुस्थिति केलाएर लक्ष्य भेट्ने खालको योजना कोरिदिनुस् ।’

परम्परागत ढंगले निर्माण गरेका नीति र योजनाले लक्ष्य पूरा नहुने भन्दै उनले आधुनिक प्रविधिलाई जोड्ने र जनताले अपनत्व गर्ने खालको योजना निर्माण गर्न सुझाए ।

‘विदेशी जुत्ताको साईज अनुसार खुट्टा नकाटौं । हाम्रो खुट्टाको नापो अनुसार जुत्ता बनाऔं,’ उनी भन्छन्, ‘विदेशको नक्कल गरेर योजना बनाउने हैन । हाम्रो धरातल हेरेर योजनाको विस्तृत खाका तयार गर्नुस् ।’

मुख्यमन्त्री गुरुङले खेल, सांस्कृतिक र धार्मिक पर्यटनको विकास गर्ने तथा यूवा शक्ति परिचालन गरि प्रदेश समृद्ध बनाउन सक्ने योजना बनाउन प्रश्ताव गरेका छन् । र्ँपर्यटनबाट समृद्धी हासिल गर्ने भनेर गफ धेरै लायौं । तर पर्यटनले राष्ट्रिय ढुकुटीमा खासै योगदान गरेको छैन । उत्पादन क्षेत्र गाउँमा छ । गाउँ रित्तो भैसक्यो, उनले थपे-यूवाजति विदेशमा छन् । वर्किङ फोर्स गाउँमै राख्न सकेपनि हाम्रो लक्ष्य धेरै टाढा छैन । सरकारले लिएको लक्ष्य पूरा गनै नसक्ने खालको छैन ।’

आगामी ५ बर्षमा उत्पादन दोब्बर बनाउने, खनिज र खानीहरुको उत्खनन् गर्ने, उर्जा उत्पादन बढाउने र अत्यधिक पर्यटक भित्र्याएर प्रदेशलाई समृद्ध बनाउने सपना सरकारको छ ।

विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे । ‘जनताको अपेक्षा जुन थियो सरकार त्यही बाटोमा हिड्न सकेको छैन,’ उनी भन्छन्, ‘अझैपनि काम गरिएन भने जनतामा निराशा पलाउँछ । अरु प्रदेश भन्दा हामी अगाडी छौं । तर यत्ति भनेर चित्त बुझाउने ठाउँ छैन । बास्तवमा जनताका लागि सरकारले कुनै काम गर्न सकेन ।’

आवधिक योजनामा हिमालदेखि तराईसम्मका जनतालाई अगाडी राखेर कार्यक्रमको खाका बनाउन सुझाव दिए । विकास समितिका सभापति तथा सांसद दीपक कोइराला, जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर क्षेत्री, मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, राष्ट्रिय तथ्याकं विभागका महानिर्देशक सुमन शर्मा लगायतले योजना निर्माण वर्तमान तथ्याकंलाई आधार मान्न आग्रह गरे । सही तथ्यांक विना योजना निर्माण कार्य प्रभावकारी नहुने भन्दै उनीहरुले पचासौं बर्षसम्मको दृष्टीकोण राखेर पञ्चबषिर्य योजनाको खाका बनाउनुपर्ने बताए ।

छलफलमा आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा सहित राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पिताम्बर शर्मा, सरकारका पूर्व सचिव सुरेशमान श्रेष्ठ, अनुसन्धान विभागका निर्देशक प्राडा नवराज देवकोटाले छुट्टाछुट्टै कार्यपत्र प्रश्तुत गरेका थिए । शर्माका अनुसार आगामी ३ महिनाभित्रै प्रदेशको आवधिक योजना तयार भैसक्नेछ ।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width