पोखरा, २५ मंसिर । पिसजोन एकेडेमीले अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ।
कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा पहेंलो सदन प्रथम भयो। पहेंलो सदनबाट प्रनिशा अधिकारी कक्षा १०, सङ्गम क्षेत्री कक्षा १०, अभिप्शा केसी कक्षा ९ र सत्यम गिरी कक्षा ६ ले सहभागिता जनाएका थिए। यस्तै, कक्षा १० की पूजा पौडेल, अमन घिमिरे, कक्षा ९ की ग्रीष्मा तिम्सिना र कक्षा ७ की सदीक्षा लामिछाने रहेको रातो सदन द्वितीय भयो ।
विजर्यीलाई विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगन्द्र शर्मा दाहालले पुरस्कार प्रदान गर्दै यसप्रकारका अवसर विद्यार्थीले सधैँ सदुपयोग गर्नुपर्नेमा सुझाव दिए। विद्यालयले अन्य विद्यार्थीलाई पनि सक्रिय सहभागिता जनाइ पढाइसँगै सह-क्रियाकलापमा समेत प्रतिभाशाली बन्न सके जीवनमा सफल भइने उनले बताए ।
विद्यालय कार्यकारी प्राचार्य अश्मी शर्मा दाहालले सञ्चालन गरेको प्रतियोगितामा जेनेरल, बज्र, अडियो-भिजुअल, र्यापिड फायर राउण्ड गरिएको थियो।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९