गण्डकीको वीरेन्द्रनगर शाखा उद्घाटन

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७५
gandaki

पोखरा, २५ मंसिर । गण्डकी विकास बैंकले सुर्खेतको वीरेन्द्रनगर शाखाको औपचारिक उद्घाटन गरेको छ।

प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले शाखा उद्घाटन गर्दै आफ्नो तथा नगरपालिकातर्फबाट पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

बैंक सञ्चालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पत्रकार महासंघ सुर्खेत अध्यक्ष गणेश कञ्चन भारती, वीरेन्द्रनगर-६ का वडाध्यक्ष मोतीप्रसाद कँडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष टेकबहादुर भण्डारीले सुर्खेतवासीसँग आत्मसाथ गर्दै बैंक अघि बढोस् भन्ने शुभकामना दिए।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशमबहादुर थापाले बैंकले प्रदान गर्ने सेवासुविधा एवं बैंकको गतिविधिबारे जानकारी गराए।

बैंकले केन्द्रीय कार्यालयसहित विभिन्न ७७ वटा शाखा कार्यालयमार्फत विभिन्न सुविधा दिँदैआएको छ ।

बैंकले चालु आवको प्रथम त्रैमासमा संचालन मुनाफा १५ करोड ३० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ भने सो अवधिसम्म निक्षेप २३ अर्ब ७२ करोड र कर्जा २१ अर्ब २४ करोड रुपैयाँ पुर्‍याएको छ। बैंकको निष्कृय कर्जा मात्रा न्यून छ।

Related News

सम्बन्धित समाचार

hero news full width