पोखरा, २५ मंसिर । गोल्डेन बचत तथा ऋण सहकारी संस्था लि, पोखरा-८ को १० औं वाषिर्कोत्सव अवसरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्याङ्जाको आँधिखोला-१, सिरुवारीमा नाँक, काँन, घाँटी रोग विशेषज्ञ डा कृष्णप्रसाद कोइराला, डा कामना चालिसे र डा विक्रमबाबु कार्की संलग्न रहेको चिकित्सक टोलीसहित स्वास्थ्य शिविर गरिएको हो । शिविरमा २ सय ३७ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो।
कार्यक्रम उद्घाटन गर्दै प्रदेश सांसद मीनप्रसाद गुरुङले सहकारीको सामाजिक कार्यको प्रशंसा गर्दै शिविरबाट विपन्न वर्ग तथा स्वास्थ्यमा पहुँच नपुगेका व्यक्ति लाभान्वित हुने बताए।आँधिखोला गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेलले शिविरले राम्रो सन्देश दिने भन्दै सहकारीको कार्यप्रति धन्यवाद दिइन् ।
सहकारी अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रम सफल पार्न सहकारीका सम्पूर्ण सञ्चालक, सल्लाहकार उपसमिति, कर्मचारी तथा गाउँर्फक आधारभूत विद्यालय परिवार लागिपरेको थियो ।
कार्यक्रममा गाउँर्फक विद्यालयका चार जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको थियो।
संस्थाका अध्यक्ष बरालले विगत वर्षमा रक्तदान तथा वृद्धाश्रममा सहयोग गर्दै आएकोमा यस वर्ष ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए ।
कार्यक्रम संचालन गर्दै संस्थाका सचिव कृष्णप्रसाद पोख्रेलले गोल्डेन सहकारीले जस्तै अन्य सहकारीहरुले पनि सामाजिक कार्यलाई अगाडि बढाउनुपर्ने बताए।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९