कालिका लघुवित्तमा पौडेल

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७५

पोखरा, २५ मंसिर।  वालिङस्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष बासुदेव पौडेलले मंगलबार शपथ ग्रहण गरेका छन्।

नेपाल राष्ट्र बैंक पोखरा निर्देशक पोमनाथ गौतम समक्षअध्यक्ष पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

संस्थाको सञ्चालक समितिका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडयालले राजीनामा दिएपछि आगामी साधारणसभाको लागि सञ्चालक समिति सदस्य पौडेल सर्वसम्मत चयन भएका हुन्।

सञ्चालक समिति पदाधिकारीको उपस्थितिमा शपथ ग्रहण भएको प्रमुख कार्यकारी अधिकृत मीन बाहोराले बताए।

Comments on कालिका लघुवित्तमा पौडेल

हाम्रो सुझाव

गरिमा बैंकको शाखा ललितपुरमा

प्रमुख समाचार

उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गरी सेवा दिन चिकित्सकलाई निर्देशन