पोखरा, २४ मंसिर। सृजना विकास केन्द्र पोखराको २० औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको सोमवार पदस्थापना भयो।
गण्डकी प्र्रदेशका सांसद विन्दुकुमार थापाले नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए।
त्यस अवसरमा प्रमुख अतिथि थापाले सिर्जना विकास केन्द्रले द्वन्द्वपीडित बालबालिकाका लागि बालगृहको स्थापना गरी राहत पुर्याएको चर्चा गर्दै राज्यबाट जनतालाई राहत महसुस नभएको अवस्थामा पनि सामाजिक संस्थाले पुर्याएको योगदान उल्लेख्य रहेको बताए।
साथै उनले सिर्जनाले प्रदेश सरकारसँग मिलेर केही कामहरु गर्ने लक्ष्य राखेकोमा पनि आफ्नो सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरे।
पोखरा-८ का वडाध्यक्ष रुद्रनाथ बरालले सिर्जनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाइसकेको र अब जाल्पा लघुवित्त वित्तिय संस्थामार्फत् समाजलाई समृद्धिको दिशातर्फ लम्काउने बताए।
निवर्तमान अध्यक्ष अर्जुन श्रेष्ठले संस्थालाई एकतावद्ध रुपमा अगाडि बढाउन आफुले सक्दो सहयोग गर्ने जानकारी दिए।जनप्रिय बहुमुखी क्याम्पसका अध्यक्ष इन्द्रबहादुर कुँवरले जनप्रियको सफलतामा सिर्जनाको योगदान रहेको बताए।
सल्लाहकार सभाका सभापति विष्णुप्रसाद बरालले पहिले आफै परिवर्तन नभै समाज परिवर्तन नहुने बताउँदै सिर्जना उदाहरणीय बन्न सकोस् भन्ने कामना गरे।
नवनिर्वाचित अध्यक्ष मिनप्रसाद भट्टराईले संस्थालाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष तथा निर्वाचन समितिका संयोजक राजकुमार गिरीले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए।
साथै उनले निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे।
निर्वाचन समितिका सदस्यद्वय तारा गिरी र एकनारायण अर्यालले कार्यक्रममा स्वागत तथा सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
सरस्वतीमा दन्त शिविर
जीविका सहकारीको सभा
गैराथर सिल्पा सडकको उद्घाटन
केआइइसी वुनलाई फुटबल उपाधि
भारतको चेन्नइमा तीज
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०