पोखरा, २४ मङ्सिर।समाजमा हुने विभिन्न प्रकारका हिंसा अन्त्यका लागि राज्यस्तरबाट स्वरोजगार र रोजगारमूलक कार्यक्रमहरु ल्याई आर्थिक रुपले सशक्त बनाइनुपर्ने र नागरिकस्तरबाट सचेतनामूलक कार्यक्रमहरु संचालन गरी नागरिकको चेतनाको स्तरमा बृद्धि गरिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा संगम बचत तथा ऋण सहकारी संस्थाको आयोजना र एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) कास्कीको सहआयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गरिबी, परनिर्भरता र अन्धविश्वासमा चलेका परम्परागत रीतिरिवाजका कारण बढी हिंसा हुने गरेको उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयका उपनिर्देशक नितु गतौर्लाले हिंसा अन्त्यका लागि समाजलाई समतामूलक ढंगले अगाडि बढाउनुपर्ने र यसका लागि महिलाहरुको आर्थिक सशक्तिकरणलाई जोड दिंदै परनिर्भरतामा कमी ल्याउनुपर्ने बताइन् ।
शान्तिका लागि नगारिक समाज सञ्जाल कास्कीका संयोजक विष्णु प्रसाद बरालले सहकारीको माध्यमबाट सदस्यहरुलाई उन्नति, प्रगति गराइ जीवनलाई सकारात्मक परिवर्तन गर्न सकेमा समाजमा हिंसा आफै कम हुँदै जाने बताए ।
महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका संयोजक अधिवक्ता जानकी शर्माले कानुन बनाउनु मात्रै नभएर कानुनको कार्यान्वयन पनि राज्यकै दायित्व भएको बताइन् ।
इन्सेक, गण्डकी प्रदेश संयोजक शिव खकुरेलले यस प्रदेशमा मात्रै जनवरी २०१८ देखि हालसम्म राज्य पक्षबाट ७२ जना र गैर राज्य पक्षबाट ५ सय ४० जना पीडित भएको तथ्यांक इन्सेकले अभिलेख गरेको बताए । गैर राज्य पक्षबाट भएका घटनामा पीडित हुनेमा अधिकांश महिला भएको उनले बताए ।
एशिया मानव अधिकार कास्कीका अध्यक्ष तिलक थापाले भगवानलाई पुज्नु भन्दापनि बुझ्नुपर्ने तर्फ लाग्न अनुरोध गर्दै सबै मानिसले असल कर्म गरी समुन्नत समाजको निर्माणमा जोड दिनुपर्ने बताए ।
सहकारी संस्थाका अध्यक्ष निरज थापाको अध्यक्षता र धनराज पुरीको संचालनमा भएको कार्यक्रममा विष्णु कुमारी थापाले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९