पोखरा-२१ का सबै विद्यालयमा सेनेटरी प्याड

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७५
pad

पोखरा, २४ मंसिर । पोखरा वडा २१ का विद्यालयहरुलाई सेनेटरी प्याडयुक्त भएको घोषणा गरिएको छ।

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत वडा कार्यालयको सहयोग तथा सामाजिक जागरणका लागि नारी अभियानको पहलमा आइतबार विद्यालयहरुलाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको हो।

वडाका मावि तहका विद्यालयलाई ५० थान सेनेटरी प्याड, हेण्ड वास, टावेल हस्तान्तरण गर्दै वडा अध्यक्ष खगराज आचार्यले सम्पूर्ण विद्यालयमा निःशुल्क सेनेटरी प्याड व्यवस्थापन गर्ने प्रतिबद्धता गरे। उनले संवेदनशील विषयमा कसैको ध्यान नपुगेको भन्दै यो विषयलाई सानो नसोच्न र सेनेटरी प्याड व्यवस्था गर्न विद्यालयलाई अनुरोध गरे।

अभियानबारे जानकारी दिँदै अभियन्ता पत्रकार एवं अधिवक्ता सुष्मा पौडेलले सम्पूर्ण विद्यालयमा सफा खानेपानी, शौचालय र सेनेटरी प्याड व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याइन्। साथै यस्ता विषयमा सचेतना जागृत गर्नुपर्ने भन्दै विद्यालय तहमा महिनाबारी, प्याडको प्रयोग र चुनौती विषयमा सहजीकरण गरिन् ।

वडा सदस्य अम्बिका थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य नन्दलाल अधिकारीले स्वागत गरेका थिए।

कार्यक्रममा फोहरमैला व्यवस्थापन समितिका अध्यक्ष देवी पोख्रेल, प्रअ खिमलाल भण्डारी, नारायणदत्त अधिकारी, प्रावि तहका शिक्षिका लक्ष्मी पोख्रेल लगायतले बोलेका थिए ।

यसअघि पोखरा वडा ५ र १६ का सम्पूर्ण शैक्षिक संस्था सेनेटरी प्याडयुक्त भएको घोषणा गरिएको छ। यस्तै, विभिन्न वडाका क्याम्पस र विद्यालयमा प्याड व्यवस्था गरिएको छ।

छ वर्षअघि थालिएको सो अभियानअन्तर्गत ४ वर्षअघि नेपालमै पहिलो पटक कास्की जिल्लाका एसएलसी परीक्षा सेन्टर प्याडयुक्त घोषणा गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…
  • ‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । लोकतन्त्रविरोधी आन्दोलनको भविष्य नभएको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिए । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार…
  • प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान प्राप्त भएको छ । असमेली नेपाली नाट्यसम्मेलन सन् २०२३…
  • पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ सहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ…
  • लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोसाक वितरण गरेका छन् ।…

hero news full width