पोखरा-२१ का सबै विद्यालयमा सेनेटरी प्याड

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७५
pad

पोखरा, २४ मंसिर । पोखरा वडा २१ का विद्यालयहरुलाई सेनेटरी प्याडयुक्त भएको घोषणा गरिएको छ।

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत वडा कार्यालयको सहयोग तथा सामाजिक जागरणका लागि नारी अभियानको पहलमा आइतबार विद्यालयहरुलाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको हो।

वडाका मावि तहका विद्यालयलाई ५० थान सेनेटरी प्याड, हेण्ड वास, टावेल हस्तान्तरण गर्दै वडा अध्यक्ष खगराज आचार्यले सम्पूर्ण विद्यालयमा निःशुल्क सेनेटरी प्याड व्यवस्थापन गर्ने प्रतिबद्धता गरे। उनले संवेदनशील विषयमा कसैको ध्यान नपुगेको भन्दै यो विषयलाई सानो नसोच्न र सेनेटरी प्याड व्यवस्था गर्न विद्यालयलाई अनुरोध गरे।

अभियानबारे जानकारी दिँदै अभियन्ता पत्रकार एवं अधिवक्ता सुष्मा पौडेलले सम्पूर्ण विद्यालयमा सफा खानेपानी, शौचालय र सेनेटरी प्याड व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याइन्। साथै यस्ता विषयमा सचेतना जागृत गर्नुपर्ने भन्दै विद्यालय तहमा महिनाबारी, प्याडको प्रयोग र चुनौती विषयमा सहजीकरण गरिन् ।

वडा सदस्य अम्बिका थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य नन्दलाल अधिकारीले स्वागत गरेका थिए।

कार्यक्रममा फोहरमैला व्यवस्थापन समितिका अध्यक्ष देवी पोख्रेल, प्रअ खिमलाल भण्डारी, नारायणदत्त अधिकारी, प्रावि तहका शिक्षिका लक्ष्मी पोख्रेल लगायतले बोलेका थिए ।

यसअघि पोखरा वडा ५ र १६ का सम्पूर्ण शैक्षिक संस्था सेनेटरी प्याडयुक्त भएको घोषणा गरिएको छ। यस्तै, विभिन्न वडाका क्याम्पस र विद्यालयमा प्याड व्यवस्था गरिएको छ।

छ वर्षअघि थालिएको सो अभियानअन्तर्गत ४ वर्षअघि नेपालमै पहिलो पटक कास्की जिल्लाका एसएलसी परीक्षा सेन्टर प्याडयुक्त घोषणा गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width