मोडल हस्पिटलमा खुला रक्तदान

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७५
Model Hospital Blood Daonationa

पोखरा, २४ मङ्सिर । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, कास्की मोडल हस्पिटल प्रालि. न्युरोड पोखराको आयोजनामा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।युनियनले आफ्नो स्थापनाको अबसर पारेर आईतबार कास्की मोडल हस्पिटल प्रा.लि. को प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको हो ।

‘रक्तदान जिबन दान, जिबनदान महादान’ भन्ने नाराका साथ आयोजित कार्यक्रमको प्रमुख अतिथी कास्की मोडल हस्पिटल प्रालिका अध्यक्ष लेखबहादुर गुरुङले पहिलो रक्तदाता नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय सदस्य जितेन्द्र पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

प्रमुख अतिथी गुरुङले युनियनले स्थापनाको अबसर पारेर सुरुवातमा नै सामाजिक क्षेत्रमा आफूलाई अगाडि बढाएकोमा खुसी ब्यक्त गर्दै युनियन आगमी दिनमा झन् सफल हुँदै जाने धारण ब्यक्त गरेका थिए । गुरुङले युनियन र संस्था एक आपसमा सहकार्य गरेर जानु पर्नेमा पनि जोड दिए ।

कार्यक्रममा बोल्दै कास्की मोडल हस्पिटल प्रालिका प्रबन्ध निर्देशक डा. लुमेश्वर आचार्यले युनियनसंग आफूहरु सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै युनियनको सफलताको कामना गरे ।

कार्यक्रममा रक्त संचार केन्द्र पोखराका अर्जुन ज्ञवाली, नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डाक्टर गिरिधार शर्मा, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होम प्रालिका अध्यक्ष कृष्ण आचार्य, फेवासिटी हस्पिटल कर्मचारी युनियनका अध्यक्ष शेरबहादुर शाही, हिमाल भट्टराईलगायतले बोलेका थिए ।

युनियनका अध्यक्ष लक्ष्मी भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनियनका सचिब आनन्द आचार्यले स्वागत र कार्यक्रम संयोजक सूर्य पोख्रेलले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…
  • ‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने…

hero news full width