पोखरा, २४ मंसिर। सोह्रदिने महिला हिंसाविरुद्धको अभियानअन्तर्गत पोखरामा सोमबार प्रदर्शन गरिएको छ।
नेपाल महिला संघ क्षेत्र २ कास्की र नेपाल महिला संघ कास्कीले संयुक्त रुपमा प्रदर्शन गरेको हो।
पोखरा चिप्लेढुंगास्थित नेपाली काँग्रेसको कार्यालयबाट शुरु भएको प्रदर्शन महेन्द्रपुल हुँदै वीपीचोक पुगेको नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटले जानकारी दिइन् ।
प्रदर्शनपछि वीपीचोकमा आधा घण्टा धर्ना दिदै दिउँसै मैनबत्ती बालेर न्याय खोजिएको थियो।
कञ्चनपुरकी निर्मला पन्त, कास्कीकी पुष्पा कार्की, श्रेया बिक लगायत महिलामाथि हुने हत्याहिंसा र बलात्कारविरुद्व प्रदर्शन गर्दै सरकारसँग न्याय खोजिएको नेपाल महिला संघ क्षेत्र २ कास्कीकी सभापति शारदा गिरीले जानकारी दिइन्।
प्रदर्शनमा निर्मला पन्तका हत्यालाई कठघरामा ले, महिला हिंसा अन्त्य गरौं, टोल/टोलमा सरकार, गोजी/गोजीमा भ्रष्टाचार, सरकार भेटियो न्याय भेटिएन, सरकार सक्छस् न्याय दे, नसके राजीनामा दे लगायत अंकित प्लेकार्ड प्रदर्शन गरिएको थियो।
कार्यक्रम नेपाल महिला संघ क्षेत्र २ कास्कीकी सभापति शारदा गिरीको अध्यक्षतामा भएको थियो।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९