महिला हिंसाविरुद्व महिला संघको प्रदर्शन

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७५

पोखरा, २४ मंसिर। सोह्रदिने महिला हिंसाविरुद्धको अभियानअन्तर्गत पोखरामा सोमबार प्रदर्शन गरिएको छ।

नेपाल महिला संघ क्षेत्र २ कास्की र नेपाल महिला संघ कास्कीले संयुक्त रुपमा प्रदर्शन गरेको हो।

पोखरा चिप्लेढुंगास्थित नेपाली काँग्रेसको कार्यालयबाट शुरु भएको प्रदर्शन महेन्द्रपुल हुँदै वीपीचोक पुगेको नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटले जानकारी दिइन् ।

प्रदर्शनपछि वीपीचोकमा आधा घण्टा धर्ना दिदै दिउँसै मैनबत्ती बालेर न्याय खोजिएको थियो।

कञ्चनपुरकी निर्मला पन्त, कास्कीकी पुष्पा कार्की, श्रेया बिक लगायत महिलामाथि हुने हत्याहिंसा र बलात्कारविरुद्व प्रदर्शन गर्दै सरकारसँग न्याय खोजिएको नेपाल महिला संघ क्षेत्र २ कास्कीकी सभापति शारदा गिरीले जानकारी दिइन्।

प्रदर्शनमा निर्मला पन्तका हत्यालाई कठघरामा ले, महिला हिंसा अन्त्य गरौं, टोल/टोलमा सरकार, गोजी/गोजीमा भ्रष्टाचार, सरकार भेटियो न्याय भेटिएन, सरकार सक्छस् न्याय दे, नसके राजीनामा दे लगायत अंकित प्लेकार्ड प्रदर्शन गरिएको थियो।

कार्यक्रम नेपाल महिला संघ क्षेत्र २ कास्कीकी सभापति शारदा गिरीको अध्यक्षतामा भएको थियो।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

चिप्लेढुंगा स्थित मानवअधिकार चोक नजिकै बम भेटियो

प्रजातन्त्र सेनानी सुवेदीको नागरिक अभिनन्दन

एनएमबी बैंकको ‘एक घर एक खाता’

प्रमुख समाचार

सुनसरीमा स्वतन्त्रको वीसौं शाखा, अध्यक्षमा कार्की