कन्या क्याम्पसको २७ औं वाषिर्कोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७५
Kanya Campus Anniversary

पोखरा, २४ मंसिर। कन्या क्याम्पस, पोखराले २७ औं वाषिर्कोत्सव मनाएको छ।

प्रमुख अतिथि प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले वाषिर्कोत्सव समारोह उद्घाटन गर्दै महिला सशक्तिकरणका लागि अति आवश्यक विषय शिक्षा रहेको र सो प्रदान गर्न क्याम्पसले पुर्‍याएको योगदानका लागि क्याम्पस परिवारलाई धन्यवाद दिइन् । गण्डकी प्रदेशमा रहेको एकमात्र महिला शिक्षामा समर्पित सामुदायिक क्याम्पसको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सांसद मीत्रकुमारी गुरुङ सुवेदीले क्याम्पसको गतिविधिबाट आफू सन्तुष्ट रहेको बताउँदै सामुदायिक क्याम्पसको विकासका लागि राज्यको गहन भूमिका रहनुपर्ने बताइन्।

कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले क्याम्पसको वाषिर्क गतिविधिबारे जानकारी दिँदै यस वर्षदेखि प्राविधिक शिक्षा व्याचलर अफ इन्फर्मेशन म्यानेजमेण्ट विषय सञ्चालन भएको बताए । साथै क्याम्पसले आगामी वर्षमा गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने योजना रहेको बताए। पोखरा ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजु, जनप्रिय बहुमुखी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष इन्द्र कुँवर, पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशुकला पराजुली, संस्थापक व्यवस्थापन समिति अध्यक्ष लिखतमान लाभाजु, शिक्षाविद तथा समाजसेवी तेजनाथ घिमिरे, संस्थापक क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द्रबहादुर भारी, प्राध्यापक संघ सभापति क्षेत्रबहादुर क्षेत्री, छात्रा कल्याण समिति संयोजक जुली बर्णल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

समारोहमा अध्यक्षको आसनबाट क्याम्पस सञ्चालक समिति अध्यक्ष योगेन्द्र प्रधानले महिला शिक्षामा मात्र केन्द्रित रही धेरै गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादनमा क्याम्पसको योगदान रहेको दाबी गरे ।

क्याम्पसमा प्रत्येक तहमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्राहरुलाई नगद पुरस्कार लगायत क्याम्पसमा स्थापित तिलकबहादुर भारी स्मृति छात्रवृत्ति, कर्णशकंर पालिखे जेहेन्दार शैक्षिक छात्रवृत्ति, मेजर केशव तामाङ तथा रेणुका तामाङ शैक्षिक छात्रवृत्ति, भिक्षु शुभद्र महास्थवीर स्मृति छात्रवृत्ति, विष्णुकुमार श्रेष्ठ स्मृति छात्रवृत्ति, माता सन्तुदेवी प्रधान स्मृति छात्रवृत्ति, डा यादवप्रसाद पन्त फाउण्डेशन छात्रवृत्ति, ओम डेभलपमेन्ट बैंक छात्रवृत्ति, बाबुलाल मुनिमाया मल्ल स्मृति छात्रवृत्ति,मीना प्रधान छात्रवृत्ति, राजकुमार राना उत्कृष्ट छात्रा छात्रवृत्ति लगायत पुरस्कारबाट २९ जना छात्राहरुलाई ३ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो।

क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्रा. सुरेन्द्रबहादुर भारी र उनकी धर्मपत्नी दुर्गा भारीबाट स्थापित २ लाख ५० हजारको कोषमा थप २ लाख ५० हजार हस्तान्तरण गरियो ।

कन्या क्याम्पसमा आफ्नो सेवा शुरु गरी २० वर्षसम्म सेवा गरेका उपप्राध्यापक कल्याण कर्माचार्यलाई सम्मान गरिएको थियो। यस्तै, क्याम्पसमा क्याम्पस प्रशासन, छात्राकल्याण समिति तथा प्राध्यापक संघद्वारा सञ्चालित सप्ताहव्यापी भलिबल प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, म्युजिकल चेयर जस्ता कार्यक्रमका विजेतालाई पुरुस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो।

कन्या क्याम्पस छात्रा कल्याण समिति संयोजक जुली वर्णललाई स्टुडेन्ट अफ द इयर घोषणा गरी सम्मानपत्र गरियो ।

क्याम्पस सञ्चालक समिति उपाध्यक्ष तथा कन्या माविका प्रअ प्रेम बुढाथोकीले धन्यबाद व्यक्त गरेका थिए। छात्राहरुबाट नृत्य तथा विभिन्न प्रतिभा प्रस्फुटन गरिएको उक्त कार्यक्रमलाई क्याम्पसका सह- प्राध्यापक कविता श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width